सिनेमा

के नीतिको फिल्म खेल्ने रहर, रहरमै सीमित हुने हो ?

इकागज |
पुस ८, २०७९ शुक्रबार १२:२९ बजे

काठमाडौँ -मिस इन्टरनेसनल विजेता नीति शाहले पहिले पहिले फिल्मको अफर लिएर जाने निर्माता÷निर्देशकलाई लाई अभिनय मेरो रुची हैन भन्दै फर्काउने गरेकी थिइन् । तर यसो भनेर निर्माता÷निर्देशक फर्काउन थालेको केही वर्षपछि नै के चमत्कार भयो कुन्नी ? उनलाई फिल्म खेल्ने रहर लाग्यो ।

उनले फिल्म खेल्नकै लागि म्यानेजर राखिन् । आफैँ फिल्म बनाउन कम्मर बसेर सामाजिक सञ्जालमा स्क्रिप्ट राइटर चाहिएको सूचना पनि राखिन् । एकसाथ यस्ता धेरै गतिविधि गरिरहँदा नीतिले मुकुन्द भट्टले निर्देशन गर्ने एउटा फिल्म साइन गरेको खबर पनि आयो ।


यो समाचार आएको पनि वर्ष दिन बित्न लागिसक्यो तर यो फिल्मको न थप समाचार आएको छ न यो फिल्म फ्लोरमै गएको छ । उनले आफ्ना लागि फिल्म लेख्ने स्क्रिप्ट राइटर पाएको÷नपाएको पनि कुनै टुंगो छैन । नीतिले जुन समयमा फिल्म खेल्ने रहर गरेकी छिन् त्यो उनको उमेरको हिसाबले मध्यान्न हो । अब पनि ढिला भइरहने हो भने उनको फिल्म खेल्ने रहर, रहरमै सीमित त हुन्न ? 


Author

थप समाचार
x