सिनेमा

आर्यन सिग्देलको उमेर अनुमान गर्नेलाई रेष्टरेन्टमा खाना

इकागज |
पुस ८, २०७९ शुक्रबार ११:५३ बजे

काठमाडौँ - अभिनेता आर्यन सिग्देलको अभिनय रहेको फिल्म ‘डिसेम्बर फल्स’ आउँदो हप्ता रिलिज हुँदैछ । केही दिनअघि ट्रेलर सार्वजनिक कार्यक्रममा आर्यनले यो फिल्मले ९ करोड ग्रस गर्ने निर्माताको दाबीमा आफूलाई पनि विश्वास भएको बताएका थिए । तर यसका लागि फिल्मले गर्नुपर्ने हल्लाखल्ला चाहिँ गर्न सकेको छैन ।

ट्रेलर रिलिजपछि टिम चुपचाप जस्तै छ । आर्यन एक्लै प्रचारमा जुटेका छन् । तर यसका लागि उनले फिल्मको लिडिङ लेडी उपासनाको साथ पाउन सकेका छैनन् । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अनुपस्थित उपासनाले फिल्मसम्बन्धी पोस्ट जाँगरका साथ खासै सेयर गरेकी छैनन् । 


तर निर्माण टिमले फिल्ममा दर्शकलाई फिल्मसँग जोड्न नयाँ स्किम ल्याएको छ । निर्माण टिमले जनाएअनुसार फिल्म भित्र आर्यनको उमेर अनुमान गर्ने दर्शकले ६ हजार बराबरको खानाको कुपन प्राप्त गर्नेछन् । यसरी खानाको कुपन प्राप्त गर्नेले फिल्मको टिमसँग बसेर खाना खान पाउने सुविधा पनि रहेको छ । ट्रेलरमा आर्यनको उमेरसम्बन्धी चर्चा गरिएको दृश्य राखिएको छ । यसैको भरमा दर्शकले आर्यनको उमेर अनुमान गर्नुपर्नेछ । 

रामप्रसाद रिजाल र लक्ष्मण रिजालले निर्माण गरेको फिल्मलाई प्रविण झाले निर्देशन गरेका हुन् । फिल्म पुस १५ देखि हलमा सार्वजनिक हुँदैछ । 


Author

थप समाचार
x