सिनेमा

सिनेमा हलले विश्वकप फुटबल देखाए कारबाही

इकागज |
मंसिर २३, २०७९ शुक्रवार १४:५४ बजे

फाइल फोटो

काठमाडौँ - चलचित्र विकास बोर्डले विश्वकप फुटबल देखाउने सिनेमा हललाई कारबाही गर्ने भएको छ । केही सिनेमा हलले २३ मंसिरदेखि विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलका खेल देखाउने घोषणा गरेपछि विकास बोर्डले ध्यानाकर्षण पत्राचार गर्दै चलचित्र प्रदर्शन गर्न दिइएको इजाजतपत्रमा उल्लेख भएबमोजिमका सर्तमा मात्र प्रदर्शन गर्न सूचित गरेको छ ।

चलचित्र प्रदर्शन गर्न दिइएको ईजाजतपत्रको अनुसूचिी ७ मा व्यवस्था भएअनुसार हल सञ्चालन नभए नियमानुसारको कारबाही हुने बोर्डले चेतावनी दिएको छ । बोर्डले शुक्रबार ७७ रै जिल्ला प्रशासन कार्यालयहरू र चलचित्र संघलाई बोधार्थसहित पत्राचार गरेको छ।



Author

थप समाचार
x