सिनेमा

'जवानीको जोश' देखाउँदै साम्राज्ञी र पुष्प

इकागज |
मंसिर २३, २०७९ १२:११ बजे

काठमाडौँ- साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर सिनेमा ‘तिम्रो मेरो साथ’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।‘जोश छ जवानी’को बोलको गीतमा साम्राज्ञीको ग्ल्यामर अन्दाज देख्न सकिन्छ । साम्राज्ञीको पार्टी मुडमा कलाकार पुष्प र सन्दीप क्षेत्रीले साथ दिएका छन् । यस क्लब गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

योगेश काजी शाहको संगीत रहेको गीतमा रमेश एमके पौडेलको शब्द रचना र योगेश काजी शाह र सारिका घिमिरेको स्वर छ ।​रमेश एमके पौडेलको निर्माण र निर्देशन रहेको सिनेमामा सबिर श्रेष्ठको कार्यकारी निर्माण तथा लेखन रहेको छ ।


पुष्प, साम्राज्ञी र सन्दीपसंगै सिनेमामा इमिली लामा, सरोज खनाल, खड्का बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ । शिव ढकालले छायांकन गरेको सिनेमामा सुवास भुषाल रयोगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

पुष २९ मा रिलिज हुने सिनेमामा पासाङ लामा, अर्नव पौडेल, आर्यन पौडेलको निर्माण र नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल, सुधिर पराजुलीको सहनिर्माण छ ।​प्रेमकथानक सिनेमाको टिजर र ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीत सार्वजनिक भैसकेका छन् । प्रचारका उक्त सामाग्रीको सफलताले ‘तिम्रो मेरो साथ’को चर्चा चुलिँदै गएको छ । साम्राज्ञी र पुष्पले चर्चित सिनेमा ‘मारुनी’पछि संगै काम गरेका हुन् ।


 


Author

थप समाचार
ad
x