सिनेमा

‘पठान’को पहिलो सो २ सय सहरमा देखाउने शाहरुख फ्यान क्लबको तयारी

इकागज |
मंसिर १५, २०७९ बिहीबार १३:५३ बजे

मुम्बई -बक्स अफिस हिटका लागि संघर्ष गरिरहेका शाहरुख खानको नजर आउँदो अंग्रेजी वर्षको पहिलो महिना रिलिज हुने ‘पठान’मा छ । जोन अब्राहम र दीपिका पादुकोनसमेत अभिनय रहेको यो फिल्मबाट शाहरुखलाई ठूलो आश छ तर उनका फ्यान भने त्रासमा छन् ।

फिल्मले कहीँ ‘जिरो’को हालत नभोगोस् यसका लागि उनीहरूले फिल्मको प्रचारका लागि नयाँ काइदा निकालेका छन् । त्यो काइदा हो, भारतका २ सय बढी सहरमा फिल्मको पहिलो दिनको पहिलो सो फिल्म हेर्ने ।


शाहरुखको फ्यान क्लबले बिहीबार ट्वीटरमा अभियानको घोषणा गर्दै फिल्मको पहिलो दिनको पहिलो सोमा सहभागी हुन आग्रह गरेको हो । फ्यान क्लबले पहिलो सोपछि पनि फिल्म हेरेर फिल्मलाई सेलिब्रेट गर्न आग्रह गरेको छ । 

यो फिल्म रिलिज हुन ५५ दिन बाँकी छ । फिल्मले बिहीबार मात्र नयाँ पोस्टर जारी गरेको छ । यशराज फिल्मस्ले निर्माण गरेको फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । एक्सन थ्रिलर श्रेणीको यो फिल्म सन् २०२३ को जनवरी २५ मा रिलिज हुँदैछ । 


Author

थप समाचार
x