सिनेमा

‘पासो’ले करिअर उकास्ने रिस्ता र सुनिशाको आश

इकागज |
मंसिर १५, २०७९ बिहिवार १०:९ बजे

काठमाडौँ-चुनावका कारण धेरै नेपाली फिल्मले प्रदर्शन मिति हेरफेर गरे । यही शुक्रबार रिलिज हुन लागको फिल्म ‘पासो’ले पनि चुनावको धङधङी छेलेर प्रदर्शनको चाँजो मिलाएको हो । त्यसैले आउँदो हप्ता यसले एकल रिलिजको मौका पाएको छ ।  तर यो फिल्मले अभिनयमा जम्न संघर्षरत दुई अभिनेत्रीको परीक्षा लिनेछ ।

यो फिल्मको मुख्य भूमिकामा नायिका रिस्ता बस्नेत र कलाकार सुनिशा बजगाँईको अभिनय छ । दुई नायिका केन्द्रित फिल्मले महिला अपहरण, बलात्कार र विद्रोहको कथा भन्छ ।


आर बी पुनको निर्देशनमा तयार भएको तथा भगवान भुजेल निर्माता रहेको फिल्म ‘पासो’ले निर्मातालाई राहत दिने अपेक्षा गरिएको छ । फिल्मको ट्रेलरबाट नै यसको कथावस्तु केही भिन्न रहेको र प्रस्तुतिमा निर्देशकले नयाँपन खोजेको अनुमान गर्न सकिन्छ ।

यो फिल्ममा काम गर्दा आफू १० दिनसम्म एउटा बक्सा भित्र बन्द भएको रिस्ताले बताइन् । फिल्म खिच्दा खिच्दै कैयौं पटक आफूले अब काम गर्न सक्दिनँ समेत भनेको रिस्ता बताउँछन् । कतिपय समयमा त पेन किलर खाएर काम गरेको उनले  सुनाइन् ।सुनिशाले भने ५ दिनसम्म हात बाँधेर काम गरेकी थिइन् ।

५ दिनसम्म हात बाँधेर काम गर्दा निक्कै गलेको अनुभव सुनाउँदै सुनिशाले दर्शकले फरक स्वादको फिल्म हेर्न पाउने तर्क गरिन् ।फिल्म ‘पासो’का लागि यी दुई नायिका विगत केही दिनदेखि प्रचारमा व्यस्त छन् । दुवै नायिकाले आफूहरुले गरेको दुःख दर्शकले स्वीकार गर्ने अपेक्षा गरेका छन् । 


Author

थप समाचार
x