सिनेमा

बाबुल गिरी र एलिना चौहानको स्वरमा ‘कुरी कुरी माकुरी’ सार्वजनिक

इकागज |
असोज १४, २०७९ १६:४६ बजे

काठमाडौं - बाबुल गिरी र एलिना चौहानको स्वर रहेको ‘कुरी कुरी माकुरी’ गीत फरक स्वादमा दर्शकमाझ आएको छ । गीतमा लक्ष्मण पौडेलको शब्द, संगीत रहेको छ भने, गायक बाबुल गिरीकै एरेन्ज रहेको छ ।

गायक गिरीका यस अघि हारले निखार ल्याउँछ मेरो जिन्दगी, नाचन बाटुली, नेपाल गए कपल संगै, च्वाक मिलाइदेउ, मायाले संसार चल्दैन पैसा नभए लगाएत थुपरै गीतहरु सार्ववनिक भै सकेका छन् ।

यो गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । उनले भिडियोलाई राम्रो बनाएका छन् । भिडियोमा किरण केसी, रेजिना उप्रेती, सुधीर श्रेष्ठ, रुबी पौडेलको अभिनय रहको छ ।

मोडल रुबी पौडेलले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो रहेको छ । जसमा उनले चर्चित कलाकारसँग स्क्रीन सेयर गर्न पाएकी छिन् । पौडेलले आफ्नो पहिलो भिडियोबाटै अभिनयमा राम्रो सम्भावना देखाएकी छिन् ।

माइकलले डान्सिङ शैलीमा यो भिडियोलाई तयार पारेका छन् । निर्देशक चन्दले पछिल्लो समय निर्देशन गरेका एकपछि अर्को भिडियोले तारिफ पाइरहेका छन् । त्यसैले यस भिडियोमा पनि निकै मिहिनेतका साथ आफूले बनाएको र राम्रो प्रतिक्रिया आएको उनको कथन छ ।
 

यस गीतमा बाराही म्युजिक एन्ड इन्टरटेनमेन्ट इन्कले निर्माण गरेको यो भिडियोमा माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी रहेको छ । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने शिलन लम्सालले सम्पादन तथा कलरिङ गरेका छन् । भिडियो सार्वजनिक भएसँगै दर्शकले निकै रुचाएका छन् ।

 



Author

थप समाचार
ad
x