सिनेमा

'सरी मम'को फर्स्टलुक पोस्टर सार्वजनिक

इकागज |
असोज १४, २०७९ शुक्रवार १३:४२ बजे

लागुऔषध दुर्व्यसनीको कथा समेटेर तयार पारिएको फिल्म 'सरी मम'को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । सामाजिक कथावस्तुमा बनेको फिल्मको पोस्टरमा आमा र छोराबीचको सम्बन्धलाई प्रतिकात्मक रूपमा देखाइएको छ । अभिनेता सरोज खनाल, कलाकार सरिता लामिछानेसहितका कलाकारहरू पोस्टरमा छाएका छन् ।

फिल्मलाई नविन बोगटीले निर्देशन गरेका हुन् । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पछिल्लो समय दुर्व्यसनीका घटना बढिरहँदा कुलतमा फसेका युवायुवतीलाई लक्षित गरी फिल्म मार्फत चेतनामुलक सन्देश दिने उद्देश्यले 'सरी मम' बनाएको फिल्मका कार्यकारी निर्माता विनोद लामाले बताए । फिल्मलाई देशका सातै प्रदेशमा प्रदर्शन गरिने निर्माण टिमले बताएको छ । फिल्मको कथा पनि लामाको नै हो । 'सरी मम' एक फिल्ममात्र नभएर कुलत बिरुद्धको सामाजिक अभियान समेत रहेको निर्देशक बोगटी बताउँछन् ।

 दशैँ लगत्तै स्थानिय स्तरमा प्रदेश सरकार, नगरपालिका , गाउँपालिका , नेपाल प्रहरीसँगै शिक्षा क्षेत्रमा कृयाशिल संस्थाहरू प्याब्सन , एन-प्याब्स , हिसान , शिक्षक महासंघ लगायतसँगको सहकार्यमा विभिन्न स्थानमा अभियानको रूपमा समुदायस्तरमा फिल्मको प्रदर्शनी गरिने निर्माण टिमले बताएको छ । फिल्मको प्रदर्शनीमा नेपाल जेसिजले समेत सहकार्य गरेको छ । जेसिजका देशभरीका १ सय ७४ वटा शाखाहरूले समेत प्रदर्शनीमा सहकार्य गर्नेछन् ।

फिल्ममा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई,  प्रभात पल , प्रविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । 

फिल्ममा दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन् । एनएफआई क्रियशनको तर्फबाट फिल्म निर्माण भएको हो ।



Author

थप समाचार
x