सिनेमा

पुष्प र साम्राज्ञीको ‘तिम्रो मेरो साथ’ पुस २९ मा

इकागज |
असोज ११, २०७९ मंगलबार १०:१७ बजे

काठमाडौँ -पुष्प खड्का र साम्राज्ञी शाह अभीनित फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ मा रिलिज हुने भएको छ । निर्माण टिमले मंगलबार नयाँ पोस्टर जारी गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । पहिलो लकडाउनअघि फ्लोरमा गएको फिल्ममा महामारीका कारण रोकिएको थियो । पहिलो लकडाउन खुकुलो भएपछि खिचिएको फिल्मले लामो समयपछि प्रदर्शन मिति जुराएको हो ।

रमेश एमके पौडेल निर्देशित फिल्मलाई सबिर श्रेष्ठले लेखेका हुन् । प्रेमकथा श्रेणीका् चलचित्रमा पुष्प खड्का, साम्राज्ञी आर एल शाह, सरोज खनाल ,सन्दिप क्षेत्री,खबपु , इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तको अभिनय रहने छ। आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा बन्न लागेको यो चलचित्रका निर्मातामा पासांग लामा र सह निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधिर पराजुली रहेका छन ।



Author

थप समाचार
x