सिनेमा

आमा बन्‍न करिअर छाड्ने सोचमा सेलेना

इकागज |
साउन २२, २०७९ आइतबार १३:१ बजे

लसएन्जल्स - गायिका तथा अभिनेत्री सेलेना गोमेजले विवाह गरेर आमा बन्न चाहेको बताएकी छिन् । उनले एउटा पडकास्टमा भविष्यको योजना सुनाउने क्रममा आफूलाई बच्चा जन्माउन मन लागेको र बच्चा जन्मिएपछि गायन र अभिनय दुवैबाट सन्यास लिने सोच रहेको बताएकी छिन् । इटलियन–क्यानेडियन निर्माता एन्ड्रेउ लेर्भिनोसँगको अफेयरको चर्चाबीच सेलेनाको यस्तो भनाइ सार्वजनिक भएको हो । 

‘मलाई आश छ, अब म चाँडै विवाह गर्छु र आमा बन्छु । अन्ततः यो सबै कामबाट म थाकिसकेकी छु । अब म बाँकी जीवन समाजसेवामा बिताउन चाहान्छु,’ उनले तातातु भिडियो पडकास्टमा भनेकी छिन् । सेलेनाले परिवार बनाउने कुरा पहिलोचोटि गरेकी हैनन् । उनले यसअघि हलिउड रिपोर्टरको पडकास्टमा पनि टेक्सासबाट हलिउड सर्नमा विवाहको सोच कारण भएको बताएकी थिइन् । 


निर्मातासँग अफेयरको शंका भए पनि आजसम्म यो खबरलाई कसैले पनि पुख्ता प्रमाणित गर्न सकेको छैन । सेलेना प्रेमको खोजीमा रहे पनि कसैसँग समर्पित नभइसकेको पनि केही टिप्पणी छ । जस्टिन बेबरसँगसँग ब्रेकअप पछि सेलेना सिंगल रहँदै आएकी छिन् । 


Author

थप समाचार
x