सिनेमा

बलिउड अभिनेता राजपालविरूद्ध ‘धोकाधडी’को उजुरी

इकागज |
असार १८, २०७९ शनिबार १४:४७ बजे

मुम्बई- बलिउड अभिनेता राजपाल यादवमाथि ‘धोकाधडी’को आरोपमा इन्दौर प्रहरीले नोटिस जारी गरेको छ । उनीमाथि २० लाख रुपैयाँ धोकाधडीको आरोप छ । प्रहरीले उनलाई १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन निर्देशन दिएको छ ।

बिल्डर सुरिन्दर सिंहले प्रहरीलाई दिएको उजुरीमा राजपालले उनको छोरालाई समर्थन गर्न र बलिउडमा अगाडि बढाउन २० लाख रूपैयाँ लिएको उल्लेख गरेका छन् । तर, अहिलेसम्म उनको छोरालाई राजपालले कुनै काम नदिएको र उनलाई सहयोग पनि नगरेको दाबी गरेका छन् । उनले आफूले पैसा माग्दा राजपाल बेपत्ता भएको आरोप लगाएका छन् ।


प्रहरीले उजुरीकर्ताको निवेदनअनुसार छानबिन सुरू गरेको छ । प्रहरीले अभिनेताविरूद्ध नोटिस जारी गर्दै १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन भनेको छ ।


Author

थप समाचार
x