सिनेमा

‘प्रकाश’ गीत ‘जोर मैना’ : प्रदिप र रेणुको प्रेममा वर्गको वाधा

इकागज |
असार १६, २०७९ बिहीबार १४:३१ बजे

काठमाडौँ - चलचित्र ‘प्रकाश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको ‘जोर मैना’ बोलको गीतमा दिपक शर्माको शब्द संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ ।

जुम्म्लाको परिवेशमा छायाँकन भएको चलचित्रको गीतले मुख्य दुई पात्रबीचको प्रेम र प्रेममा आएको अड्चनलाई प्रस्तुत गरेको छ । प्रदिप खड्का र रेणु योगीले वर्गले बाधा गरेको प्रेमीको भूमिका निर्वाह गरेका छन् ।


चलचित्रका दुई मुख्य पात्र प्रकाश रोकाया (प्रदिप खड्का) र राधा विश्वकर्मा (रेणु योगी)का माध्यमबाट गीतले वर्गीय असमानताका कारण प्रेममा आएको असहज परिस्थिति चित्रण गरेको छ ।

गीतको बीचमा सम्वादमार्फत वर्गीय विभेदका कारण युवतिको परिवारसमेत उनीहरूको प्रेमको खिलाप रहेको बुझाउन खोजिएको छ । युवतिको बुबाले बोलेको – ‘सपना देख्न सजिलो छ । तिनका हातमा न कुनै सीप छ, न जागिर, त्यो सँग बिहे गरिस भने त्यही समाजले तलाई भोलि हेला गर्नेछ ।’ सम्वादले समाजका विभिन्न तहहरुमा जस्तै प्रेममा पनि वर्गीय असमानताको असर देखाएको छ ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

 


Author

थप समाचार
x