सिनेमा

यी हुन् सरकारबाट विशिष्ट चलचित्रकर्मीको परिचयपत्र पाउने ६२ फिल्मकर्मी

इकागज |
असार १६, २०७९ बिहीबार १३:३८ बजे

काठमाडौँ -  नेपाल सरकारले बिहीबार नेपाली फिल्ममा लामो समय योगदान गरेका ६२ जना फिल्मकर्मीलाई विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । बिहीबार चलचित्र विकास बोर्ड स्थापनाको २२ औँ वर्षको अवसर पारेर चावहिलस्थित चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६२ जना फिल्मकर्मीलाई परिचयपत्र प्रदान गरेका थिए । 

बिहीबार यो परिचयपत्र पाउनेमा पहिलो रंगीन चलचित्र ‘कुमारी’ अभिनेत्री चैत्यदेवी सिंहदेखि चिकित्सक गीतकार भोला रिजालसम्म रहेका छन् । बोर्डले सूचीकृत गरेर बाँडेको परिचयपत्र पाउनेमा भुवन केसी, दयाराम दाहाल, धिरेन शाक्य, किरण केसी आदि कलाकार रहेका छन् । 


सरकारले केही दिनअघि मात्र परिचयपत्र प्राप्त फिल्मकर्मीलाई त्रिभुवन विमानस्थलमा भीभीआईपी कक्ष प्रयोग गर्न दिने निर्णय गरेको थियो । यसैगरी परिचयपत्र प्राप्त गर्ने चलचित्रकर्मीले राष्ट्रिय बीमा कम्पनीबाट १ लाख बराबरको मेडिकल इन्स्योरेन्स सुविधा पनि प्राप्त गर्ने बोर्डले जनाएको छ । बोर्डले यसअघि ४० जनालाई यो परिचयपत्र वितरण गरेको थियो जसमध्ये ४ जनाको मृत्यु भइसकेको पनि बोर्डले जानकारी गराएको छ । 


बिहीबार विशिष्ट सूचीकृत चलचित्रकर्मीको नाम यसप्रकार रहेको छ :  


Author

थप समाचार
x