सिनेमा

सन्यास छोडेर फिल्ममा फर्कँदै क्यामरुन डियाज

इकागज |
असार १६, २०७९ बिहीबार १२:२ बजे

लसएन्जल्स - सन्तानको हेरचाह गर्न भन्दै फिल्मबाट सन्यास लिएको घोषणा गरेकी ‘चार्लिज एन्जल्स’ अभिनेत्री क्यामरुन डियाज अभिनयमा फर्कने भएकी छिन् । 
उनले नेटफ्लिक्सले बनाउन लागेको ‘ब्याक इन एक्सन’शीर्षकको फिल्ममार्फत कमब्याक गर्न लागेकी हुन् । फिल्ममा उनलाई अभिनेता जेमी फक्ससँग देखिनेछ । 
जेमीसँगको फिल्म ‘एनी’ रिलिजसँगै क्यामरुनले फिल्मबाट सन्यास लिने घोषणा गरेकी थिइन् । 

सन् २०१८ मा सन्यास घोषणा गर्दै क्यामरुनले जेनिथ पाल्ट्रोको सोमा कुरा गर्दै सुटिङमा रहँदा २४ सै घन्टा व्यस्त रहनु परेको गुनासो गरेकी थिइन् । ‘जब तपाईँ फिल्म बनाउनु हुन्छ, तपाईँ भरपर्दो बहाना पाउनुहुन्छ । उनीहरूले तपाईँलाई नियन्त्रणमा राख्छन् । तपाईँ १२ घन्टा उनीहरूका लागि उपलब्ध हुनुपर्छ । तपाईँसँग अरु केही कामका लागि समय हुन्न,’उनले भनेकी थिइन्, ‘ आफ्नो जीवनको महत्वपूर्ण समय अरुका लागि खर्चिएँ र खुसी खुसी उनीहरूले लिए ।’



Author

थप समाचार
x