सिनेमा

नीताको फिल्ममा गिनिज वल्र्ड रेकर्डधारी ब्रम्हानन्दम्

इकागज |
असार १४, २०७९ मंगलबार १७:२० बजे

काठमाडौँ - दक्षिण भारतीय कलाकारलाई धमाधम अनुबन्ध गर्दै गरेकी अभिनेत्री नीता ढुंगानाले यो सूचीमा दक्षिण भारतीय कलाकार ब्रम्हानन्दम्लाई पनि जोडेकी छिन् । नीताले मंगलबार फेसबुकमा कीर्तिमानधारी कलाकारलाई अनुबन्ध गरेको जानकारी गराएकी हुन् । 

‘ह्रस्व दीर्घ’ शीर्षकमा बन्न लागेको यो फिल्ममा यसअघि ‘गजनी’ र ‘पुष्पा’का भिलेन अनुबन्ध भइसकेका छन् । चन्द्र पन्तको निर्देशनमा बन्न लागेको यो फिल्ममा हरिहर अधिकारी र नीता ढुंगानाको मुख्य भूमिका रहने चर्चा छ ।


दक्षिण भारतका मुख्य गरी तमिल र तेलगु भाषाका फिल्ममा देखिने ब्रम्हानन्दम् संसारकै सबैभन्दा धेरै फिल्म खेल्ने अभिनेता हुन् । सानो छोटो गरी हजारभन्दा बढी सिनेमामा देखिएका ब्रहानन्दम्ले यही कारण गिनिज वल्र्ड रेकर्डस्मा नाम लेखाएका छन् । 

नीता र हरिहर मिलेर निर्माण गर्न लागेको फिल्मको दसैँछेक सुटिङ हुने चर्चा छ । तत्कालै सुटिङ गर्ने चर्चा चले पनि यही महिनाको अन्त्यमा हरिहर र नीताले विवाह गर्ने भएपछि फिल्मको सुटिङ पछि गएको हो । उनीहरूले यही २४ गते विवाह गर्ने चर्चा छ । 


Author

थप समाचार
x