सिनेमा

‘टप गन माभरिक’ बन्यो टम क्रुजको खर्ब कमाउने पहिलो फिल्म

इकागज |
असार १३, २०७९ सोमबार १०:४९ बजे

लसएन्जल्स -  टम क्रुजको ‘टप गन’ले विश्वभरबाट खर्ब बढी कमाइ गरेको छ । खर्ब बढी कमाइ गर्ने टम क्रुजको यो पहिलो फिल्म हो । हलिउड फिल्ममध्ये यो उपलब्धि हासिल गर्ने ‘टप गन’ ५० औँ फिल्म हो । 

‘टप गन’ महामारीपछि खर्ब कमाउने दोस्रो फिल्म बनेको छ । महामारीपछि रिलिज भएको ‘स्पाइडरमेन नो वे होम’ले १ खर्ब ८९ अर्ब कमाइ गरेको थियो ।  ‘टप गन’ वितरक प्यारामाउन्टले १६ प्रतिशत दर्शकले दोहोर्याएर फिल्म हेरेको जनाएको छ । यसैगरि ४ प्रतिशत दर्शकले चार वा त्योभन्दा बढी पटक हेरेको जनाएको छ । 
क्रुजको सबैभन्दा धेरै कमाउने फिल्म ‘मिसन इम्पोसिबल फल आउट’ रहेको थियो । 


यो फिल्मले सन् २०१८ मा रिलिज हुँदा ७९ अर्ब कमाइ गरेको थियो । यो फिल्मले १५ वटा बजारबाट राम्रो कमाइ गरेको थियो ।  ‘टप गन’को पहिलो भागले ३९ अर्ब कमाइ गरेको थियो । 
 


Author

थप समाचार
x