सिनेमा

करण जोहरको प्रडक्सनमा कियारालाई लक

इकागज |
असार १२, २०७९ आइतबार १४:४९ बजे

मुम्बई - बलिउडमा अभिनेत्री कियारा आडवानीका दिन बलिरहेका छन् । एकपछि अर्को गरी उनका फिल्म हिट भइरहेका छन् । तर अरुमा भन्दा पनि कियारालाई करण जोहरको धर्मा प्रडक्सन खुब फापेको छ । 

कियारा धर्माको उत्पादन हैनन् । उनलाई बलिउडमा ल्याएका थिए अब्बास मस्तान दाजुभाइले । तर पछिल्ला केही वर्षमा कियारा धर्मा क्याम्पको महत्वपूर्ण सदस्य बनेकी छिन् । 


ओटीटी र हलमा रिलिज भएका गरी कियारा धर्माको ५ फिल्मको हिस्सा बनेकी छिन् । यसमध्ये तीन वटा ओटीटीमा रिलिज भएका थिए । धर्माले निर्माण गरेका ‘लस्ट स्टोरिज’, ‘गिल्टी’ र ‘शेरशाह’ ओटीटी प्लेटफर्ममा रिलिज भएका थिए । तर ओटीटीमै रिलिज भए पनि यी तीनै फिल्मले राम्रो दर्शक र चर्चा कमाएका थिए ।

अघिल्लो वर्ष रिलिज भएको ‘गुड न्युज’ र अहिले चलिरहेको ‘जुग जुग जियो’ भने कियारा अभीनित हलमा रिलिज फिल्म हुन् । जसमध्ये ‘गुड न्युज’ हिट मानिएको थियो भने ‘जुग जुग जियो’ले पनि पछिल्लो दुई दिनमा राम्रो व्यापार गरिरहेको छ । फिल्मको प्रतिक्रिया राम्रो छ जसले आगामी दिनमा यसले पनि हिटको व्यापार गर्ने अनुमान गरिएको छ । यसरी हेर्दा कियारालाई धर्मा प्रडक्सन फापेको छ । 


Author

थप समाचार
x