सिनेमा

नयनराज पाण्डेको उपन्यासमा बन्‍ने 'लू'  प्रदिप भट्टराईले निर्देशन गर्ने

इकागज |
असार १२, २०७९ आइतवार १२:५६ बजे

काठमाडौँ-  नयनराज पाण्डेको चर्चित  उपन्यास ' लू' लाई प्रदिप भट्टराईले निर्देशन गर्ने भएका छन् । निर्माता निशा खरेल र निर्देशक प्रदिप भट्टराई बीच सहमति पत्रमा  हस्ताक्षर भएको हो। निर्देशक भट्टराईले यसअघि  'जात्रा' ,' जात्रै जात्रा' 'शत्रु गते' जस्ता सिनेमा निर्देशन गरेका छन् । 

कारो  फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्मको अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ । निर्माण टिमले यसअघि कालीप्रसाद बास्कोटालाई संगीतकारको रुपमा अनुबन्ध गरिसकेको छ ।


‍​कारो  फिल्मस्‌ले ' लू'बाहेक अन्य बिग बजेट फिल्म बनाउने पनि घोषणा गरेको छ । ' लू' को सुटिंग मंसिरबाट गर्ने निर्माण टिमको तयारी छ ।


Author

थप समाचार
x