सिनेमा

‘बेसिक स्टिङ्क्ट’ स्टार स्यारोन स्टोनका खेर गएका थिए नौ सन्तान

इकागज |
असार १२, २०७९ आइतबार १२:६ बजे

लसएन्जल्स - अभिनेत्री स्यारोन स्टोनले आफ्ना ९ वटा बच्चा खेर गएको बताएकी छिन् । उनले पिपुल म्यागजिनसँग कुरा गर्दै यस्तो बताएकी हुन् । 
‘हामी महिलालाई यस्ता विषयमा कुरा गर्ने ठाउँ पनि हुँदैन । मैले गर्भपात भएर नौ–नौ वटा बच्चा गुमाएकी छु,’उनले भनेकी छिन् । 

उनले यसरी बच्चा गुमाउँदा महिला एक्लैले यसको पीडा खप्नुपर्ने र यसलाई चुपचाप राख्नु पनि पर्ने भन्दै गुनासो गरेकी थिइन् । ‘शारीरिक र मानसिक रुपमा पनि यो कुनै सानो कुरा हैन । यसलाई महिलाले असफलताको चोटको रुपमा लिएर बाँच्नुपर्छ,’ उनले भनेकी छिन्, ‘यसलाई प्रेम र आफूप्रति विश्वासले मात्र  निको पार्न सकिन्छ । 


उनले पहिलो गर्भपात हुँदा अनेक भावबाट गुज्रन परेको पनि बताएकी थिइन् । ‘म पूर्णतया लज्जित र कमजोर भएकी थिएँ । मुखबाट बच्चा खेर गयो भनेर भन्ने शब्द पनि निकाल्न सकिइरहेको थिइँन,’ उनले अगाडि भनिन्,‘ म सधैँ आफ्नो स्वास्थ्यलाई लिएर गर्व गर्थेँ । म हरेक दिन अभ्यास गर्थेँ । तर मैले महसुस गरेँ, प्रजनन् प्रणाली र स्वास्थ्यसँगसँगै नजाने रैछन् ।’


Author

थप समाचार
x