सिनेमा

‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि’ रिलिज, तेज र बेनिशाको लोभलाग्दो केमेस्ट्री

इकागज |
असार १०, २०७९ शुक्रबार १६:१७ बजे

काठमाडौँ - परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ रिलिज भएको छ । गीतमा बेनिशा हमाल,तेज गिरि ,राइडर प्रशन , सुप्रिया खनाललाई देख्न सकिन्छ । चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ । तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन र सुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गरेका छन् ।

गीतको कोरियोग्राफीमा एक अर्कामा अगाध प्रेम देखाइए पनि एकले अर्कोलाई नछोई प्रेमभाव प्रदर्शन गरेका छन् ।  कोरियोग्राफीको यो शैलीलाई प्रष्ट पार्दै परिच्छेद भन्छ्न ‘चलचित्रको टर्निङ पोइन्ट त्यही नै हो र चलचित्रको सम्पूर्ण कथा उनीहरूको त्यही माया गर्ने शैली भित्र लुकेको छ ।’


चलचित्रको टिजरमा पनि राजाले मैनाको छायाँलाई स्पर्श गर्ने कोशिस गरेको दृश्य देख्न सकिन्छ । टिनएजदेखि युवाअवस्थासम्म एकले अर्कोलाई नछोई कसरी प्रेम गर्न सके ? यो कौतुहलता मेटाउन हल जानुपर्ने निर्देशक परिच्छेदको जिकिर छ । गीतको कोरियोग्राफी निर्देशक परिच्छेद स्वयंले गरेका हुन् । 

  चलचित्रको गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द रचना छ भने किरण भुसालको संगीत रहेको छ । सुगम पोख्रेल र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई सञ्जय लामाले छायांकन गरेका हुन् । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको लेखक पनि परिच्छेद सेन नै हुन । चलचित्रको ट्रेलर साउन १० गते रिलिज हुँदैछ भने चलचित्र भदौ ३ गते नेपाललगायत भारतका केही सहरमा एकसाथ प्रदर्शन हुँदैछ ।

 
 


Author

थप समाचार
x