सिनेमा

अनुप बराल निर्देशित ‘दोख’को दोस्रो टिजर सार्वजनिक

इकागज |
असार ९, २०७९ बिहीबार ११:५९ बजे

काठमाडौँ - दुई हप्तापछि रिलिजको संघारमा रहेको ‘दोख’को दोस्रो टिजर सार्वजनिक भएको छ । माओवादी द्वन्द्वको पृष्ठभूमिमा बनेको फिल्मले दोस्रो टिजरमा यसको खुलासा गरेको छ । 

१ मिनेट २३ सेकेन्ड लामो टिजरले फिल्म सशस्त्र संघर्षका बाछिटालाई पर्दामा उतारेको छ । टिजरले मनीष निरौला र दियाका दृश्यलाई ठाउँ दिएको छ । फिल्मले सामुदायिक वनको विषयलाई लिएर हुने दुई गाउँबीचको विवादलाई फुटबल खेलमार्फत सल्ट्याउने कथा प्रस्तुत गर्छ । तर सशस्त्र द्वन्द्वको समयमा यो खेल फुटबलको नियममा मात्र खेलिन्न । 


दोस्रो टिजरमा अटाएका दृश्यले शान्त गाउँमा लडाकुको प्रवेशले आउने उथलपुथललाई संकेत गरेका छन् । असा

र २४ मा सार्वजनिक प्रदर्शन हुन लागेको फिल्मलाई अनुप बरालले निर्देशन गरेका हुन् । शैलेन्द्र डी कार्कीको छायांकन रहेको फिल्मलाई राजन कठेतले लेखेका हुन् । फिल्ममा लोकमणि सापकोटा, रोयदिभ, माओत्से गुरुङ, सुरज मल्ल, कमल सापकोटा आदि कलाकारको अभिनय रहेको छ । ५ वर्षअघि देखि निर्माण सुरु भएको फिल्मले बल्ल प्रदर्शन मिति जुराएको हो । 

 


Author

थप समाचार
x