सिनेमा

हलमा नचले पछि ओटीटीले पनि लिन मानेनन् कंगनाको ‘धाकड’

इकागज |
जेठ १२, २०७९ बिहीबार १७:२९ बजे

मुम्बई -बक्स अफिसमा फिटिक्कै नचलेको कंगना रनावत अभीनित ‘धाकड’ले ओटीटीबाट पनि निराशा खेप्नु परेको छ । हलमा नचलेको यो फिल्म किन्न ओटीटीले पनि अस्वीकार गरेको खबर छ ।  अघिल्लो शुक्रबार ‘भूलभूलैया २’सँगै रिलिज भएको यो फिल्ममा एक जना पनि दर्शक नआएपछि सो बन्द भएको समाचार आएका थिए । 

यो फिल्मले रिलिजको पहिलो दिन ५० लाख कमाइ गरेको थियो भने त्यसयता ५–१० लाख दिनहुँ कमाइ गर्दै आएको छ । यसरी हप्ताभरमा यो फिल्मले जम्मा ३ करोड कमाइ गरेको खबर छ । 


सामान्यतया धेरै जसो फिल्मले रिलिज अगावै ओटीटी र सेटेलाइट अधिकार बेच्छन् । ‘धाकड’ले भने रिलिजपछि थप पैसा पाउने आसमा यी दुवै अधिकार बेचेको थिएन । अहिले रिलिजपछि बेच्न खोज्दा कसैले पनि यो फिल्म किन्न रहर नगरेको बताइएको छ । 

कंगना रनावत र अर्जुन रामपाल अभीनित फिल्मलाई स्पाई थ्रिलरको रुपमा चित्रण गरिएको थियो । तर कंगनाको यो थ्रिलरलाई दर्शकले पूर्णतया नकारी दिएका छन् । कंगनाको यस पहिले रिलिज ‘थलाइवी’ पनि बक्स अफिसमा राम्ररी चलेको थिएन । 


Author

थप समाचार
x