आमचुनाव २०७९

आमचुनाव २०७९

एमालेका कुसियैतलाई ११२ मतान्तरले हराउँदै सुनसरी-४ बाट कांग्रेसका कार्की विजयी

इकागज |
मंसिर १५, २०७९ बिहीबार ११:२४ बजे

काठमाडौँ- सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट विजयी भएका छन् । नेकपा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई हराउँदै कार्की विजयी भएका  हुन् ।

कांग्रेसका कार्की ११२ मत अन्तरले विजयी भएका हुन् । कांग्रेसका कार्कीले ३०४८३ मत ल्याएर विजयी भए । कुसियैतले भने ३०३७१ मत ल्याएर पराजित भए ।



Author

थप समाचार
x