बालबालिका

कोभिडबाट बालबालिकालाई सुरक्षित राख्‍न तीन तहका सरकारबीच समन्वय अभाव

इकागज |
भदौ ३०, २०७८ बुधवार ११:१ बजे

काठमाडौँ – कोभिड–१९ बाट बालबालिकालाई सुरक्षित राख्न तीनै तहका सरकारबीच समन्वय अभाव रहेको एक अध्ययनले देखाएको छ । बाल सहभागितामा कार्यरत संस्थाहरूको साझा समूह (कन्सोर्टियम नेपाल) ले गरेको अध्ययनपछि सार्वजनिक प्रतिवेदनले मानवीय संकटका बेला सरकारले बाल अधिकार व्यवस्थापन मापदण्डसमेत नबनाएको देखाएको हो । कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले बालबालिकालाई काभिडबाट बचाउनका लागि तीनै तहका सरकारले प्रभावकारी काम गर्न नसकेको बताए । बालकालिकालाई कोभिडबाट सुरक्षित राख्‍न निर्देशिकासमेत बनाउन नसकेको सरकारले प्रभावकारी समन्वय संयन्त्र पनि बनाउन नसकेको उनको भनाइ छ ।

अध्ययनले कोभिडका कारण जारी बन्दाबन्दीले शिक्षाको असमानताको खाडल बढेर गएको निष्कर्ष निकालेको छ । शिक्षण सिकाई प्रक्रियामा पनि कोभिडले निकै ठूलो असर गरेको अध्ययन समितिको नेतृत्व गरेका त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक दीपेश घिमिरेले बताए । महामारीको समयमा बालबालिकाको क्षमता विकासमा ठूलो असर परेको उनको भनाइ छ ।


अनलाइनबाटै पढाउन सुरु गरिए पनि मुलुकका ७३ प्रतिशत बालबालिका इन्टरनेटको पहुँचभन्दा बाहिर रहेको अध्ययनको निष्कर्ष छ । बाँकी २७ प्रतिशत बालबालिकाहरू अनलाइनको पहुँचमा भए पनि राम्रोसँग पढ्न नपाएको प्रतिवेदनमा उल्लेख छ ।
 


Author

थप समाचार
x