ब्लग

एउटा यस्तो दस्ता : जो सधैं छायाँमा लड्छ

अनन्त कृष्णन |
कात्तिक १, २०७७ शनिबार ११:४० बजे

भारत र चीनबीच सीमाका विषयमा भएको घम्साघम्सीले अर्ध सैनिक दस्ता एसएफएफ (स्पेसल फ्रन्टियर फोर्स) लाई फेरी एकपटक भारतीय मिडियाले समाचारको हेडलाइन बनाइदियो । एसएफएफ भनेको के हो त ? भारत-चीन सम्बन्धमा वा भूराजनीतिमा यसको सान्दर्भिकता कस्तो छ ?

एसएफएफ कुनै नयाँ नाम होइन । भारतमा बसोबास गर्ने तिब्बती समुदायका युवाहरुलाई भर्ती गरिने एसएफएफको ईतिहास खोतल्ने हो भने यसको नाम कार्गिल युद्धदेखि बंगलादेशको मुक्तिका लागि भएको लडाईसम्ममा जोडिन्छ । एसएफएफ यसै नोभेम्बर १४ (कात्तिक २९) मा ५८ वर्षको हुँदैछ । यसले भारतको करिब ६ दशक सेवा गरेको छ । त्यो पनि ऐतिहासिक महत्वपूर्ण क्षणहरुमा । एसएफएफ पूर्वीपाकिस्तान, कार्गिललगायतका युद्धहरूमा भारतीय सेनाको साथमै रह्यो । तर कहिले पनि मिडियामा छाएन । तर अब परिस्थिति बद्लियो । गत अगस्ट ३० देखि एसएफएफको महत्वबारेमा खुल्ला छलफल हुन थालेको छ । जब लाइन अफ कन्ट्रोलमा एसएफएफका कम्पनी कमाण्डर निमा तेन्जिन मारिए । लद्दाखमा सन् १९६२ ताका बिछ्याएको माइनक्षेत्रमा अकस्मात विष्फोट हुँदा सोही क्षेत्रमा गस्ती गरिरहेका तेन्जिनको मृत्य भएको थियो । तेन्जिनको मृत्य र एलएसीमा एसएफएफको परिचालनले उच्चस्तरको तालिम प्राप्त भनिएको यो दस्ताले मानिसहरुको अप्रत्यासित रुपमा ध्यान खिच्यो । एसफफलाई भारतमा बस्ने तिब्बतीहरुले गर्व गर्ने संस्थाका रुपमा व्याख्या गरिन्छ । तेन्जिनको दाहसंस्कार गर्नु अगाडि निकालिएको र्‍याली र त्यसमा तिब्बती समुदायको सहभागिताले सो बयानको एक हदसम्म पुष्टी पनि गर्छ । तर यो दस्ताले पछिल्लो समय पाएको चर्चा भने यसको स्थापनाको मुल उद्देश्य विपरित छ । किनभने यो दस्ता दृश्यमा नआई काम गर्ने संस्थाका रुपमा स्थापना गरिएको हो ।


त्यो दिन प्रधानमन्त्री नेरुको जन्मदिन पनि थियो । त्यसको ठ्याक्कै एक हप्तापछि भारतसँग युद्दमा रहेको चीनले एकतर्फी युद्दबिरामको घोषणा गर्‍यो । त्यसकारण एसफफले तत्काल युद्दको अनुभव लिन पाएन । उबानका अनुसार उनका पिताले तिब्ब्ती दस्ताको नाम ‘इस्टाबिल्समेन्ट २२’ राखेका थिए । दुई वटा दुईले एसफफका दुई विभागलाई इङ्गित गर्थे । त्यसमध्ये एउटा युनिटको मुख्य जिम्मेवारी उच्च भागमा हुने लडाईंमा भाग लिने, स्पेशल अप्रेसन सञ्चालन गर्ने र गोप्य तरिकाले दुश्मनसँग लड्ने थियो ।

एसएफएफ १९६२ मा स्थापना भई परिचालित हुँदै आएको छ । अझ यसको ईतिहास भने त्यो भन्दा अगाडि देखिकै हो । तिब्बतमा चिनियाँविरुद्ध सन् १९५६ देखि सुरु भएको विद्रोहताका ठूलो संख्यामा लडाकुहरु भारत पस्न थाले । असफल विद्रोह र दलाई लामाको निर्वासनले अझै ठूलो संख्यामा विद्रोही लडाकुहरूलाई भारत ल्यायो । धेरै जसो लडाकुहरू पूर्वी तिब्बतको खाम क्षेत्रबाट थिए । यो क्षेत्र चिनियाँविरुद्धको विद्रोहमा महत्वपूर्ण मोर्चा थियो । गोम्पो टासी नाम गरेका एक व्यापारी जो खामबाट भारतको कालिम्पोङमा आई बसोबास गरिरहेका थिए । उनका लडाकु समर्थकहरुले चुसी गाङर्दुक नामको समूह स्थापना गरेका थिए । दलाई लामाका भाई ग्यालो थोन्डुप, जो कालिम्पोङमा नुडल्स मेकरका रुपमा प्रख्यात थिए, उनले आफ्नो किताबमा तिब्बती लडाकुहरूमा जोश रहेको तर उनीहरूसँग आवश्यक तालिम तथा हतियारको भने अभाव रहेको लेखेका छन् । उनै थोन्डुपले ती लडाकु समूहका ६ जनाका लागि अमेरिकी सिआइएसँगको सहकार्यमा सञ्चारका साधन उपलब्ध गराइदिएका थिए । थोन्डुपले ती लडाकुहरुलाई पूर्वीपाकिस्तान हुँदै प्रशान्त महासागरमा रहेको सैपान नामक टापुमा पुर्‍याइएको लेखेका छन् । त्यहाँ उनीहरुलाई आधुनिक सञ्चार साधन चलाउन सिकाउनुका साथै गुरिल्ला तालिमसमेत प्रदान गरिएको थियो । त्यसपछि सो लडाकु समूहलाई जहाजमार्फत तिब्बतमा झारी अमेरिकी सरकारका लागि सूचना सकंलन गर्न लगाइएको थियो ।

सन् १९५८ सम्म आइपुग्दा चुसी गाङर्दुकको २३ वटा युनिट भइसकेका थिए । उनीहरुलाई चिनियाँ फौजले दक्षिणी तिब्बतबाट लगभग लखेटिसकेको थियो । त्यतिबेला लडाकुहरुको संख्या करिब २५ हजार थियो तर उनीहरूसँग हतियार भने एकदमै कम थियो । थोन्डुपका अनुसार सिआइएले प्रतिबद्दता गरे अनुसारको हतियार उपलब्ध गराउन सकेको थिएन । अमेरिकी जासुस एजेन्सीले जम्माजम्मी सात सय थान हतियार त्यो पनि एकदमै पुराना, उपलब्ध गराएको थियो । थोन्डुपले आफ्नो किताबमा लेखेका छन्, ‘तिब्बती लडाकुहरु सैन्य हिसाबले कहिले पनि तयार नै हुन सकेनन् । किनभने सिआईएले बाचा गरे अनुसारको हतियार नै दिएन । यदी उनीहरुले हामीलाई आवश्यक हतियार उपलब्ध गराएको भए हामी चिनियाँ फौजविरुद्ध केहि हदसम्म लड्न सक्थ्यौं । तिब्बतीलाई माओले मात्र धोका दिएनन्, अमेरिकीहरुले पनि धोका दिए ।’ सन् १९६२ मा भारतीय इन्टिलिजेन्स ब्युरोका प्रमुख बिएन मल्लिकले भारतमा बाँकि रहेका करिब ६ हजार तिब्बती लडाकुहरुका लागि एउटा तालिम केन्द्र स्थापना गर्ने प्रस्ताव राखे । भारतका तत्कालिन प्रधानमन्त्री जवारलाल नेरुले त्यसको जिम्मेवारी मेजर जेनरल सुजन सिंहलाई दिए । मेजर जेनरल सिंहसँग २२ माउन्टेन रेजिमेन्टको नेतृत्व गरेको तथा दोस्रो विश्वयुद्दमा लडेको अनुभव थियो ।

चिनियाँलाई ३०/४० वर्ष अगाडीसम्म एसफफबारेमा कुनै जानकारी नै थिएन । यो पटक यो दस्ताका बारेमा जानाजान सूचना बाहिर ल्याइएको हुनसक्छ । सायद भारत आफ्नो भूमिमा रहेका तिब्बतीहरु तिब्बतको मुत्तिका लागी संघर्ष गर्दैछन् भन्ने सन्देश तिब्बतमा रहेका चीन विरोधी तिब्बतीहरुलाई दिन चाहान्छ,' रानादे भन्छन् ।

पहिलो चुनौती
जेनरल सिंहलाई तिब्ब्ती लडाकुका लागि तालिम केन्द्र स्थापना गर्ने काममा उनकै छोरा गुरदिप सिंह उबानले सघाउने भए । एसएफएफको इन्सपेक्टर जेनरलबाट अवकाश पाएका उबान त्यतिबेला २२ वर्षका थिए । ‘हामी त्यतिबेला ट्याक्सि लिएर उत्तराखण्डको चकतरा लाग्यौं । जहाँ गोर्खा रेजिमेन्टले छाडेको पुरानो तालिम केन्द्र थियो । त्यहाँ हामीले चाहेजस्तो सबै पूर्वाधार थियो,' उबान सम्झिन्छन् । सन् १९६२ नोभेम्बर १४ का दिन एसफफको विधिवत गठन भयो । त्यो दिन प्रधानमन्त्री नेरुको जन्मदिन पनि थियो । त्यसको ठ्याक्कै एक हप्तापछि भारतसँग युद्दमा रहेको चीनले एकतर्फी युद्दबिरामको घोषणा गर्‍यो । त्यसकारण एसफफले तत्काल युद्दको अनुभव लिन पाएन । उबानका अनुसार उनका पिताले तिब्ब्ती दस्ताको नाम ‘इस्टाबिल्समेन्ट २२’ राखेका थिए । दुई वटा दुईले एसफफका दुई विभागलाई इङ्गित गर्थे । त्यसमध्ये एउटा युनिटको मुख्य जिम्मेवारी उच्च भागमा हुने लडाईंमा भाग लिने, स्पेशल अप्रेसन सञ्चालन गर्ने र गोप्य तरिकाले दुश्मनसँग लड्ने थियो । उसले रिर्पोट सिधै क्याबिनेटको सचिवालयलाई नै गर्ने व्यवस्था थियो । र त्यस्तै अर्को युनिट भनेको महिलाको थियो । उबान तिब्बती फौज फुर्तिलो रहने भएकाले उनीहरुसँग चिनियाँ सेना पनि भिड्न नखोज्ने दाबी गर्छन् ।      

इस्टाबिल्समेन्ट २२ लाई सन् १९६७ मा स्पेशल फ्रन्टियर फोर्सका रुपमा नामाकरण गरियो । उनीहरुलाई १९७१ मा पूर्वीपाकिस्तानको चित्तागोङ्गमा खटाइयो । त्यहाँ उनीहरुको जिम्मेवारी थियो भारतीय सेनालाई देखिने गरी सहयोग गर्नु । उनीहरु गोप्य दस्ता भएकाले त्यस बखतको लडाईंमा मृत्य भएका एसफफका कोही पनि सदस्यलाई सम्मान दिइएन । न त उनीहरुको बहादुरीको बारेमा लेखियो नै ।

साहासी योद्दा 
उबानले आफ्ना पिताको मार्ग पछ्याउँदै एसफफको नेतृत्व गरे । सन् १९९९ मा कार्गिलमा १४ हजार फिट अग्लो स्थानमा भएको युद्दमा उबानको नेतृत्वमा एसफफले भाग लियो । त्यतिबेला पनि एसफफबारेमा बाहिर जानकारी दिइएको थिएन । तर यो पटक भने एसफफबारेमा मानिसले जानकारी पाए । एसफफ भारतका लागि गोप्य हतियार रहि आएको थियो । यो पटक अवस्था नै यस्तो आयो जहाँ चीनलाई म्यासेज दिनुनै छ । र, तिब्बतका जनतालाई पनि । 'भारतीय क्याविनेट सचिवालयमा काम गरेका जयदेव रानादेले एसफफ युद्दको गहिरो अनुभव भएको तर सधैं नदेखिने गरी काम गर्ने दस्ताका रुपमा रहेको बताए । चिनियाँलाई ३०/४० वर्ष अगाडीसम्म एसफफबारेमा कुनै जानकारी नै थिएन । यो पटक यो दस्ताका बारेमा जानाजान सूचना बाहिर ल्याइएको हुनसक्छ । सायद भारत आफ्नो भूमिमा रहेका तिब्बतीहरु तिब्बतको मुत्तिका लागी संघर्ष गर्दैछन् भन्ने सन्देश तिब्बतमा रहेका चीन विरोधी तिब्बतीहरुलाई दिन चाहान्छ,' रानादे भन्छन् ।

यसैगरी तिब्बत मामलाका जाकार क्लाउडे अर्पी चिनियाँ सेना आफ्नो फौजमा तिब्बतीको संख्या बढाउन सघंर्षरत रहेको बताए । एसफफले त्यो काम गरिसकेको सन्देश तिब्बत जानसक्छ । एसफफप्रति मानिसहरुको ध्यान कम नै थियो । तर तेन्जिनको मृत्यको समाचार बाहिर आएपछि तिब्बती समुदायभित्र पनि माहोल बनेको रानादे बताउँछन् । एसफफ अहिले तेस्रो पुस्तामा छ । अर्पी यो दस्ता थप बलियो भएर जाने दाबी गर्छन् । एसफफले भारतभित्र कहिले पनि मान्यता पाएन । तर अब यसले गरेका यागदानहरु माथि चर्चा गर्ने काम होईन यसलाई भारतीय सेनामै गाभ्नुपर्ने अर्पी बताउछन् । (कृष्णन दि हिन्दुका लागि बेइजिङस्थित संवाददाता हुन । हिन्दुमा प्रकाशित उनले लेखको भावानुवाद प्रबिनविक्रम कटवालले गरेका हुन् ।)
      
 


Author

थप समाचार
x