ब्लग

त्यो एकतर्फी प्रेम‍‍‍‍‍...

सरोज शाह |
फागुन २, २०७९ मंगलबार २०:८ बजे

‘हेल्लो, नमस्ते, म सुहाना ।’ 
‘हजुर नमस्ते, म अनुज ।’

सम्झ त आजभन्दा केही समयअगाडि हेल्थ साइन्सको बिल्डिङअगाडि मेरो र तिम्रो परिचय हुँदा सुरुमा तिमीले अनि त्यसपछि मैले बोलेको वाक्य हुन् यी ।
सायद तिम्रो लागि म नयाँ थिएँँ तर मेरो लागि तिमी नयाँ थिइनौ । पुरानो यो कुरामा कि मैले एकतर्फी रूपमा चिन्ने कुरामा । तर, बोल्ने कुरामा चै एकदमै नयाँ, मेरो कल्पनाभन्दा पनि नयाँ, मेरो तिमीप्रतिको आशाभन्दा पनि नयाँ । 


सायद समयले पनि आवश्यक ठानेको हुनुपर्छ त्यो दिन । त्यही भएर त तिमीसँग मेरो परिचय गराउन समय जुरेको हुनुपर्छ । हो, त्यसमा कारण अरु पनि छन् । तर मैले बुझेकोे तिनीहरूलाई पनि समयले परिचालन गरेको हुनुपर्छ एउटा सम्बन्ध विस्तारका लागि । फेरि मैले यस्तो भन्नुको मतलब यो हैन कि त्यो कारक बनेकाहरूको कुनै औचित्यपूर्ण सहयोग छैन; छ तिनीहरूको पनि, एकदम आभारी छु म तिनीहरूप्रति पनि । 

त्यो असोजको महिना थियो । दशैको प्रभाव पर्न थलिसकेको थियो । तिमीसँग प्रत्यक्ष कुरा गर्ने मौका पाउनु नै मैले दशैंको उपहार सम्झेको थिएँ । 

म तिमीसँग त्योभन्दा पनि धेरै अगाडिबाट बोल्न खोजेको थिएँँ । तिमीसँग आफ्ना केही सामान्य कुराहरू बाँड्न चाहिरहेको थिएँँ, तर खै किन हो मैले सकिरहेको थिइनँ । यो कोही कोही मान्छेहरूको विशेषता, आफ्नो कुरा भन्न अलि लजाउने प्रकारको । हो त्यस्तै विशेषताको शिकार भएर सायद मैले पनि तिमीसँग कुरा गर्न सकिरहेको थिइनँ । प्रयास नै नगरेको चैँ हैन, प्रयास गरेको थिएँँ फेसबुकमा तर असफल प्रयास । हुनत सफल हुन धेरै चोटी असफल हुनुपर्छ भन्छन्, म त एकचोटी मात्र असफल भएको थिएँँ । 

सुरुमा तिमीलाई मैले देखेको आजै हो जस्तो गरेको याद छ अझै पनि मलाई । अर्जुन दाइको होटेलमा एउटा केटी साथीहरूसँग खाजा खान गएको हुनुपर्छ, अनि त्यतिखेर हाम्रो चैँ बिदा भएर फर्किंदै गर्दा खाजा खान त्यही होटेलमा गा’को थँे । त्यतिबेला मैले त्यो केटीलाई पहिलोचोटी देखेको थिएँँ । त्योलाई देख्दा मलाई यस्तो केटी नि पिूुमा पढ्छन् र जस्तो लागेको थियो । त्यतिखेर मलाई उनको नाम थाहा थिएन, ड्रेसले गर्दा म्यानेजमेन्टको विद्यार्थी हो भन्नेचाहिँ थाहा पाएँ । 
मैले उन मुहार पछि पनि चिन्न सक्ने गरेर याद गरेको थिएँँ । त्यसको केही दिन पछि मैले त्यो उनलार्ई देख्दा साथीसँग थिएँ, अनि साथीलाई सोधे – 
‘उ त्यसको नाम था छ ?’

‘तिम्लाई किन चाहियो र त्यसको नाम ?’ – प्रतिप्रश्न जवाफ थियो यो ।

मैले साथीसँग खासै धेरै सोध्न चाहिनँ । हुन पनि को हो को हो, यत्तिकै अर्काको बारेमा अनावश्यक रूपमा के जानकारी लिनु जस्तो लागेर । मैले त्यो उनलाई पछि पनि बेला बेलामा देख्थेँ तर, देखेर मात्र के नै गर्न सकिन्थ्यो र ? यत्तिकै हेरेर चित्त बुझाउँथे। 

यसरी समय बित्दै गयो । 

उनको एक साथी र मेरो एउटा साथीको घर एउटैतिर पर्दो रैछ भन्ने मैले पछि थाहा पाएँ, त्यतिबेला थाहा पाएँ जतिबेला उनको ग्रुपको अर्को केटीलाई मेरो अर्को साथीले मन पराउँदो रहेछ । 

कसरी हो मेरो साथीले आफूलाई मन पर्ने केटीको नाम ... के के पत्ता लगायो र पिछा गर्न सुरु ग¥र्योे । सुरुमै मैले लेखिदिएको प्रेमपत्र दिएर प्रपोज गरेको हो । 
प्रपोज गरेको एक हप्तापछि तिनीहरूले भेटे फाउन्टेनमा, म पनिसँगै थिएँ उनीहरूसँग तर साइडमा । पछि त्यही साथीको सहयोगबाट मैले उनको नाम सुहाना हो भनेर पछि थाहा पाएँ । 

त्यो तिमी रैछौ । नाम थाहा पाइसकेपछि मैले तिमी र तिम्रो त्यो साथीलाई फेसबुकमा रिक्वेस्ट पठाएको थिएँँ, अनि म्यासेज पनि जो तिमीले पछि मसँग कुरा गर्दा स्क्रिन सट मलाई पनि पठाएकी थियौ याद होला तिमीलाई पनि । तर मेरो रिक्वेस्ट न तिमीले एक्सेप्ट गर्यौ न त तिम्रो साथीले, तिमीले नगरे नि तिम्रो साथीले चैँ गर्छ होला जस्तो मलाई लाथ्यो तर गरिनन् । 

तिमीलाई एकतर्फी रूपमा बढी चिन्न थालेको थिएँँ । तर मेरो यो चिनाइ एकदम अधुरो थियो । मेरो साथीको सम्बन्ध तिम्रो साथीसँग पनि खासै राम्रो हुन सकेन र छिट्टै टुङ्गियो । त्यसपछि मैले तिमीसँग कुनै दिन परिचय हुन्छ भनेर सपनामा पनि सोच्न सक्थिन् ।

कहिलेकाहीँ केटाहरूले आफ्नो सम्बन्धको अनुभव सुनाउँथे म भने हुँदै नभएको सम्बन्धको बारेमा सोच्दै बस्थेँ त्यो नि तिमीसँग । मैले तिम्रो फेसबुकमा हेर्न मिल्ने जति कुराहरू सबै हेरेको थिएँ । म तिमीसँग साथी नभएपनि मेरो साथीसँग तिमी फेसबुकमा साथी भएकाले मैले उसको फेसबुकबाट हेर्थे । सुहाना छ नि त्यो पनि एउटा जिन्दगी थियो मेरो ।

बिस्तारै समय बित्दै गयो । एकैतिर घर भएको तिम्रो साथी र मेरो साथी सधैँजसो कुरा गर्ने गरेको हुनाले मैले त्यो साथीलाई चिन्न थालेको थिएँँ । फेरि तिमी सँगै हुने हुँदा अलि बोल्न कता कता गाह्रो लाग्थ्यो यत्तिकै पनि । एक दिन तिमी थिइनाैँ, तिम्रा दुई साथीहरू हाम्रो बिल्डिङतिर आएका थिए, त्यो दिन मैले जिस्किँदै यत्तिकै सोधेको थिएँँ– ‘तिम्रो अर्को साथी खोइ त, आज आइनन्?’
‘को हो र हाम्रो अर्को साथी?’– उनीहरूको जवाफ थियो यो ।
‘खै मलाई नाम त थाहा छैन तर तिमीहरू सँगै सधैँजसो हुने गरेकी साथी’ – मलाई तिम्रो नाम थाहा भएपनि यस्तो भनेको थिएँँ ।
‘को सुहाना? किन र ? तिम्लाई किन चाहियो र ऊ?’– ममाथि प्रतिप्रश्न वर्षियो ।
‘मलाई चाहिएको हैन, सोधेको मात्र हो’– मैले जवाफ फर्काए ।
‘उम उम, पख हामी सुहानालार्ई भन्दिन्छौ’ उनीहरुले भने ।
‘हुन्छ नि, ऐले गएर भन्दिए हुन्छ, मलाई के हुन्छ र?’ – मैले भनेको थिएँँ ।
अलिअलि जिस्किँदै कुरा गरे त्यो दिन तिम्रा साथीहरूसँग । र, लास्टमा तिमीसँग मैले परिचय गर्ने चाहना ब्यक्त गरेको थिएँँ अप्रत्यक्ष रूपमा, सायद तिम्रा साथीहरूले बुझे मेरो कुरा । 

त्यसको अलि दिनपछि एउटा दिन आयो, त्यतिखेर पि.यु. मा इन्ट्रान्स इक्जामको माहोल थियो । हामी नेविसंघका साथीहरू इन्ट्रान्सका बुकहरू बेच्ने काममा व्यस्त थियौै । त्यो दिन तिमी पनि हेल्थ साइन्सको विल्डिङतिर तिम्रा साथीहरूसँग आएकी थियौ । मलाई लाग्छ त्यो दिन तिम्रा साथीहरूले पहिल्यै मेरो बारेमा तिमीसँग केही कुरा भनेको हुनुपर्छ । म जानेबित्तिकै तिनीहरूले तिमीसँग बोल्न मद्धत गरेका थिए जसको फलस्वरूप माथिका ती वाक्यहरू हामीले बोलेका थियौ। 

एकपटक हाम्रो ब्याचको हरूले आन्दोलन गर्दा तिमीसँग मैले बोल्ने मौका पाएको थिएँँ । के बोले त्यो त मलाई नि याद भएन तर बोलेको चैं हो । अब त म तिमीसँग फेसबुकमा बोल्न पाउने हैसियतमा पुगिसकेको थिएँँ, जिन्दगीको एउटा ठूलो उपलब्धी मानेको थिएँ मैले । 

हाम्रो साथीले बनाएको ग्रुप च्याटमा जिस्किने वातावरण बनेको थियो, जो मेरो लागि एउटा ठूलो अस्त्र थियो तिमीलाई मेरो कुराहरू भन्न । तर पनि म तिमीसँग प्राइभेट च्याटबक्समा कुरा गरिरहेकै हुन्थें ।

तर किन हो म तिमीसँग बोल्न पहिल्यैबाट एकदम इच्छुक थिएँ त्यसैले फोन नम्बर पनि माग्न भ्याइसकेको थिएँ । तर तिमीले दिइनौं । त्यतिबेला सुहाना मलाई तिमी कत्ति पनि नयाँ लागेकै थिइनौ । यस्तो लाग्थ्यो मानाैं तिमी र म पहिल्यैबाट चिनेका मान्छे हौं । 

बिस्तारै म तिमीसँग आफ्ना कुराहरू भन्न पाउदै थिएँ फेसबुकबाट भए पनि । तिमी सुन्दै गयौ म भन्दै गए, तिम्रो उदार स्वभावका कारण म तिमीसँग छिट्टै नै प्रभावित भएँ र मेरो तिमीप्रतिको लगाव झन् झन् बढ्दै गयो । 

तिमीसँग त्यसपछि भेटहरू अलि बाक्लिएको थियो ग्रुपमै भएपनि । अनि त्यो दिन हामीले कपुरको बोटमा भेटेको, खै कति समय हो त्यो याद गरिन तर त्योे एकदम महत्वपुर्ण क्षण थियो मेरो लागि । तिमीले बरु कसरी बुझ्छौ त्यसलाई । हुनत हामी त्यस्तो कोही थिएँनौ तर पनि खै किन हो लाज भनौ कि के भनौ त्यस्तै त्यस्तै फिल भइरहेको थियो मलाई त्यो दिन । बोल्ने कुनै कुरै थिएनन् मनमा, यत्तिकै उभिएर समय खर्च गरे पनि असाध्यै रमाइलो महसुस भएको थियो मलाई कुनै प्रेमीको पहिलो प्रेम प्रस्ताव स्वीकार भएपछिको पहिलो भेटभन्दा पनि । 

तिमीसँग बोल्दा बोल्दा म त तिमीमा आफूलाई घुलिसकेको जस्तो ठान्न थालेको थिएँ । त्यो बेलाको दसैमा म घर गएको थिइनँ तर पनि मैले आफूलाई कत्ति पनि एक्लो महसुस गरिनँ यसको एउटा मात्र कारण तिमी थियौ । किनकि मसँग जतिखेर नि फेसबुकमा तिमी कुरा गरिदिन्थ्यौ, हाँसिदिन्थ्यौ, मेरो कुरा सुनिदिन्थ्यौ, मसँग जिस्किदिन्थ्यौ । खासमा तिमी मेरो लागि सबैभन्दा बढी मिल्ने साथी जस्तो बनेकी थियौ त्यो बेलामा । र, अहिले पनि छौ । 

त्यो एक महिनाको समयमा म तिमीसँग धेरै नै प्रभावित भएको थिएँ, तिम्रा प्रत्येक कुराहरू मलाई मन पर्न थालेका थिए । तिम्रो बोल्ने तरिका, तिम्रो व्यवहार सबै सबै मलाई मन पर्न थालेका थिए तिमीलाई प्रेम गर्न थालेको थिएँ । मलाई त सुरुमा तिमी मन मात्रै पथ्र्यौ त्यतिबेला त तिमीलाई प्रेम गर्न थालिसकेको थिएँ । 
मलाई थाहा छैन प्रेम गर्न के आवश्यक पर्छ तर तिमी मेरो जिन्दगLको एउटा महत्वपूर्ण ठाउमा बसिसकेकी थियौ ।

सायद जिन्दगी नै यस्तै रहेछ । जोसँग बढी घुलमिल भइयो उसैको बारेमा बढी बोल्न र सोच्न मन लाग्ने । जसको उदाहरण म छु जो तिम्रो बारेमा लेखिरहेको छु र साथीहरूसँग बोल्छु पनि । तिमीलाई याद छ ? मैले पहिलोचोटी मंसिर २० गते ‘आइ लव यू’ भनेको ।

किन भनेको थाहा छ ? ... 

हुन त मैले यो भन्दा अगाडि नै तिमीलाई प्रपोज गर्छु भनेको थिएँ, तर अलि समय अनुकुल नभएर गरेको थिइनँ । तिमीले मेरो प्रस्ताव स्वीकार गर्छाैै कि गर्दिनौं भन्ने मैले चिन्ता लिइनँ । मलाई म रिजेक्ट हुँला भन्ने डर थिएन यसको मतलव तिम्रो कुनै पर्वाह गर्ने थिइन भन्न खोजेको होइन ।

यतैको आकाशमा म उड्न थालेको थिएँ सपनामा एउटा चरा बनेर चरीको साथमा । हुन त जसले जे सोच्छ सपना पनि त्यस्तै त हो देख्ने, तर म भने आफूले देख्ने सपना अलि फरक मान्थें । किनकि उत्तर मसँग पनि छैन । हामीले त्यसपछि के के कुरा गर्यौ त्यो तिमीलाई पनि थाहा छ । तर, तिमीले मलाई जे भने पनि मेरो सोचाइबाट तिमी कहिल्यै अलग हुन सकिनौ । 

तिमीले आफ्नो मनको वास्तविकता मलाई भनेकि हौली तर म भने त्यो कुरा सजिलै स्वीकार्न सक्ने अवस्थामा थिइनँ र अझै पनि छैन । 

प्रेम गर्न के चाहिन्छ, कसरी प्रेम गरिन्छ वा अझ भन्दा अर्कोलाई कसरी आफूतिर केन्द्रित गराउन सकिन्छ एउटा प्रेमीको रूपमा, मलाई यो थाहा छैन, सायद थाहा हुँदो हो त म तिमीसँग अहिलेसम्म यसरी एक्लै बोलिरहने थिइनँ होला । मलाई थाहा छ, आफूले सुरु गरेको काम आफैलेै अन्त्य गर्नुपर्छ; बीचमै छोडेर हैन पूरा गरेर, जसको फलस्वरूप मेरो मन मस्तिष्कमा अमिट छाप बनेर बसेको यो प्रेमलाई म कुनै पनि हालतमा अधकल्चो बनाएर छाड्न सक्दिनँ । यसमा एकदिन आँधी आउँनेछ र यो सबै यही अवस्थामै उडाएर लिनेछ सायद, तर पनि मैले यसलाई छोडेर कतै अर्को सुरक्षित ठाउँमा ओत लाग्न जानेछैन । 

मैले केही कुराहरू आफैँ अनुभव गर्न पाएको प्रेम गरेर के भने, मान्छेको सोचलाई साँघुरो बनाउँदो रैछ । खै या यो मेरो मात्र बुझाइ हो, राम जाने । साँघुरो यो अर्थमा भन्न खोजेको कि; मान्छेहरूलाई एउटै मान्छेसँग मात्र कन्सन्ट्रेट गराउँदो रैछ । मैले बुझेको कुरा गलत पनि हुन सक्छ सुहाना, सायद तिमीलाई थाहा छ मलाई कतिसम्म मापीm दिनुपर्छ भन्ने कुरा । मैले आजसम्म सिकेको र बुझेको कुराहरू, मैले जानेको र भोगेको कुराहरू नै तिमीसँग धेरैचोटी धेरै तरिकाले प्रस्तुत गरेको हुँ, योभन्दा अझै धेरै कुराहरू छन् संसारमा, सायद ती कुराहरू मैले सिक्न बाँकी नै छ । समयले जुराएछ भने म अवश्य सिक्छु र फेरि ‘एप्लाई’ गर्न तिम्लाई गुहार्छु, मेरो जिन्दगीको एउटा उद्देश्य । 


Author

थप समाचार
x