ब्लग

पाँचखालका जस्तो मेयर काठमाडौँमा कहिले ?

असहाय गाई-बाच्छा संरक्षणका निम्ति एक अलग अभियान

उत्तम पुडासैनी |
बैशाख ९, २०७८ बिहिवार ६:४८ बजे

केही समय अघिसम्म सडकमा असाहय गाई बाच्छाहरू भेटिन्थे । आजभोलि पहिलाजस्तो सडक अवरोध गर्ने गाई-बाच्छाहरू सडकमा खासै देखिदैन । विगत २ वर्षदेखि असहाय गाई-बाछा संरक्षण अभियानले २ सयभन्दा बढी गाई-बाच्छालाई आश्रय दिइसकेको छ । जसको कारण ति अवोध प्राणीहरू सडकमा देखिन छाडेका छन् ।

सडकमा देख्‍ने बित्तिकै त्यस्ता छाडा छाडिएका गाई-बाच्छालाई आश्रयस्थलमा ल्याइन्छ । तिमध्ये कतिपय सडक दुर्घटनामा परेका हुन्छन् । त्यस्ता बिचल्लीमा परेका गाई-बाच्छालाई ढिला नगरीकन आश्रयस्थल ल्याइन्छ । उनीहरूको स्वास्थ्य उपचारदेखि खाने र बस्‍ने उचित व्यवस्था गरिन्छ । यसका लागि सुरुका दिनमा आफैँले सबै खर्च बेहोरिन्थ्यो । तर, आजभोलि सम्पर्कका आधारमा आफ्नो जन्म दिन मनाउने तथा विविध धार्मिक, सांकृतिक अनुष्ठानहरू असहाय गाई-बाछासँग गर्न थालिएको छ ।


किसानहरूमा गाईले बाच्छी पाए राख्‍न र बाच्छा पाए फाल्ने प्रवृत्ति छ । दैनिक दर्जनभन्दा ज्यादा असहाय बाच्छा र बुढी गाईलाई एकान्तमा लगेर छाडिदिने गरेको पाइन्छ । कतिपय त कुकुरको टोकाईले मारिन्छन् । उपत्यकाभित्र मात्र दैनिक आधा दर्जन सडक दुर्घटना यस्तै अबोध गाई-बाछा कारण हुने गर्छन् । मासुका लागि गाई-बाछा तस्कर पनि त्यतिकै संख्यामा भइरहेको छ ।

मासुका लागि एकै दिन १८ वटा बाछाहरु मारिएको पाइएको छ । बागमती सफाई अभियानका दौरान २०७० देखि २०७६ को अवधिमा १४ सयभन्दा ज्यादा मृत गाई-बाछाहरूलाई नदी किनारमा गाँड्नु परेको थियो ।  यही कटु अनुभवलाई संगाल्दै २०७६ जेठ १ गते अबोध गाई-बाच्छालाई जीवनदान दिने उदेश्यसहित असहाय गाई-बाच्छा संरक्षण अभियानको प्रारम्भ गरिएको हो ।

हरेक दिन सेवा पुर्‍याउनुपर्ने र हरेक दिन खाद्यान्न लगायतमा खर्च बेहोर्नुपर्ने कारणले सयो अभियान अन्य अभियानभन्दा बिल्कुलै फरक छ । मौसमी फेरबदल तथा लकडाउन जस्तो कठिन अवस्थालाई चिर्दै अभियान आजको अवस्थासम्म आइपुग्दा सयौं मानिसहरुरू आफ्नो जन्मदिन अब ती असहाय गाई-बाच्छासँग मनाउन थालेका छन् । ती असहाय गाई-बाच्छाको आँखामा आशाहरू देखिन थालेका छन् । सडक दुर्घटनामा कमी आएको छ ।

सामाजिक विकृति र विसंगतिविरुद्धमा एउटा नयाँ आयाम थपिएको छ । राष्ट्रिय जनावरप्रतिको क्रुरता र अन्यायविरुद्ध खबरदारी प्रारम्भ भएको छ । असहाय गौ-प्राणीमाथिको अन्यायविरुद्ध आफ्नो अभिमत व्यक्त गर्दै पाँचखाल नगरपालिकाका मेयर महेश खरेलबाट नगरपालिकाका तर्फबाट ३ लाख उपलब्ध गराउँदै र हरेक वर्ष ६ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त भएको छ । बैशाख ५ गते रकम हस्तान्तरण गर्दै सामाजिक क्षेत्रमा आफूले धेरै योगदान गरेको र आफूलाई सामाजिक क्षेत्रमा नै समर्पित गर्ने लक्ष्य राखेको बताउँदै असहाय गाई-बाछाको पीडा र उनीहरूको बेदनामा मलहम लगाउन पाउँदा खरेलले हामीसँग आफू सर्वाधिक खुशी व्यक्त गरेका छन् ।

त्यसै दिन नगर प्रमुख कार्यकक्षमा खरेलसँग २ घण्टा बिताउने अवसर मिल्यो । प्रमुख कार्यकक्षमा आगन्तुकहरुको आउने जाने क्रम जारी थियो । त्यहाँ सेवाग्राहीको आवत-जावत पनि चलिरह्यो । सेवाग्राही आगन्तुकहरुसँग प्रत्यक्ष सम्पर्क गरी तिनका काम पूरा गर्ने प्रयत्नमा अधिक सक्रिय पाएँ । आगन्तुक सबैका लागि कार्यकक्ष खुल्ला देखिन्थ्यो । प्रमुखको बोलीमा कुनै कटुता नभएको र समस्या लिएर आउनेको समाधानमा सक्रिय रहेको पनि उत्तिकै देखेँ । 

नगरपालिकाको काम चुस्त थियो । सेवाग्राहीमा कुनै भेदभाव थिएन । कोही पनि त्यहाँ काममा भुल्न पर्दैन थियो । सहजै काम फत्ते गरेर फर्कन सक्ने अवस्था देखे । त्यो मैले कल्पना समेत गर्न सक्दिन किनकी धेरै सरकारी काम गर्न हामी धेरै कार्यालय गएका छौ र अवस्था देखेको र भोगेका पनि छौँ । 

हुनत मेयरले गाई-वाछामा देखाएको सदभावले नै मानिसमा देखिने समानता र चुस्तता झल्किन्थ्यो । किनकी आफूलाई सामाजिक क्षेत्रमा सर्मपित गर्न भन्दै अलपत्र गाई-वाछालाई व्यवस्थापनमा देखाएको सदासहायता झै पाचखालका प्रमुखले आफ्नो नगरवासी प्रति झनै ठूलो सद्‌भाव राखेको पाएँ । 

अनि कामठमाडौँ महानगरपालीका सम्झदै यस्तै मेयर काठमाडौँले कहिले पाउला भन्‍ने लाग्यो । मेयरको ठूलो विशेषता भनेको कसैलाई काममा नझुलाउने र चुस्त सेवा दिने नै हो । तत्काल तालुकदार कर्मचारी या सम्बन्धित निकायसँग सम्पर्क जुटाएर नतिजामुखी विशेषता निम्ति सक्रिय भएको त्यहाँ देख्दा यता पनि यस्तै भएको हेर्न मन लागेको छ । छिमेकी नगरमा रहेको त्यस्तै मेयर काठमाडौँ बासीले पनि पाउनु पर्छ वा त्यही स्तरको चुस्तता यहाँ पनि देखिनुपर्छ । 


Author

थप समाचार
x