बैंक-वित्त

नबिलले नेपाल बंगलादेश बैंक किन्ने प्रारम्भिक सम्झौता

इकागज |
पुस २९, २०७८ बिहीबार २०:७ बजे

काठमाडौँ : नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंक खरिद गर्ने प्रारम्भिक सम्झौता भएको छ । सेयर आदानप्रदान अनुपात १०० कित्ता बराबर ४३ कित्ता हुने गरी बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौता पत्रमा नबिल बैंकका मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकका इन्द्र बहादुर थापाले हस्ताक्षर गरेका छन्। नबिलले एनबी बैंक पाँच महिनाभित्र खरिद गर्ने लक्ष्य लिएको छ ।


नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्तिपश्चात बैंकको प्राथमिक पुँजी ४३ अर्ब, चुक्ता पुँजी २२।५ अर्ब, कर्जा रकम ३०० अर्ब, निक्षेप रकम ३१४ अर्ब हुनेछ।
 


Author

थप समाचार
x