बैंक-वित्त

सनराइज बैंकद्वारा धनगढीमा विभिन्न सहयोग

इकागज |
जेठ ३, २०८० बुधबार १३:५ बजे

काठमाडौं– सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी ५, हसनपुरको ऐश्र्वय विद्या निकेतनमा प्रभावकारी शिक्षा संचालनका लागि ३ थान प्रोजक्टर हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रबिनकुमार नेपालले सो शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेम निधी ओझालाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । 

प्रधानाध्यापक ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधि मैत्री शिक्षा प्रदान गर्नका लागि सो सामग्रीले मदत पुर्‍याउने जनाउँदै बैंकको सहयोगका लागि धन्यबाद ज्ञापन गरे । 


सोही दिन आयोजित अर्को एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ३० थान डस्टबिन हस्तान्तरण गरेका थिए । सर्वसाधारणलाई फोहर व्यवस्थित ठाउँमा फाल्न प्रोत्साहन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका चोक र सडकपेटीमा उक्त डस्टबिन राखी सहयोग गरिएको बैंकका नायब महाप्रबन्धक नेपालले जनाए । साथै धनगढी उपमहानगरपालिकाका मेयर हमालले सनराइज बैंकको यस सहयागले स्र्माट धनगढी बनाउने परियोजनामा टेवा पु¥याएकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे ।

यसका साथै बंैकले धनगढी त्रिनगर विद्यालयमा विद्यार्थीहरुलाई आफ्ना साइकल सुरक्षित रुपमा राख्न सहज होस् भनी १०० वटा क्षमताको साइकल स्टायान्ड समेत बनाएको छ ।
 


Author

थप समाचार
x