बैंक-वित्त

वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक : गभर्नर अधिकारी

इकागज |
जेठ १, २०८० सोमवार १७:३० बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको बताएका छन् ।

सोमबार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकार र बजारले वित्त नीति भन्दा पनि मौद्रिक नीतिमा बढी अपेक्षा गरिएको जिकिर गरे ।


गभर्नर अधिकारीले मौद्रिक नीतिबाट सरकारले धेरै अपेक्षा गरे पनि मौद्रिक नीतिमा सीमितता रहेकाले सबै अपेक्षा समेट्न नसक्ने स्पष्ट पारे । उनले राजनीतिक व्यवस्थामा चेक एण्ड ब्यालेन्स भए जस्तै मौद्रिक र वित्त नीतिमा पनि आवश्यक रहेको बताए ।

उनले मुलुकको अर्थतन्त्र रेमिटेन्समा निर्भर रहेको उल्लेख गरे । उनले बैंक तथा वित्तीय क्षेत्रमा नीति र नियमनका कारण यो वर्ष बाह्य क्षेत्रमा सहज रहे पनि आगामी दिनमा चुनौतीपूर्ण रहेको उल्लेख गरे । उनले सरकारलाई अर्थतन्त्रलाई लयमा ल्याउनका लागि ठूलो चुनौती वित्त नीतिमा देखिएको बताए ।

गभर्नर अधिकारीले सरकारले राजश्व संकलन वृद्धि, करको दायरा बढाउने र भन्सारमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले मुलुक औद्योगिक क्षेत्रहरूको विकासमा धेरै पछाडि परेको भन्दै सरकारले घोषणा गरेका औद्योगिक क्षेत्रको पीपीपी मोडलमा भए पनि सञ्चालनमा ल्याउनुपर्ने बताए ।

उनका अनुसार नेपालको अर्थतन्त्रका फरक–फरक खालका विशेषता रहेको छ । उनले राष्ट्र बैंकले बारम्बार संरचनागत सुधारका कुराहरू उठिरहेको बताए । उनले मुलुक कतिपय आर्थिक विषयमा परनिर्भर रहेको भन्दै परनिर्भतालाई केही अन्तरनिर्भतामा ल्याउन आवश्यकता रहेको बताए । उनले नेपालप्रति पनि अन्य देशहरू परनिर्भर रहने धेरै अवस्था रहेको भन्दै मुलुकमा आन्तरिक उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताए ।


Author

थप समाचार
x