बैंक-वित्त

साना किसान लघुवित्त वित्तीय संस्थाकाे लाभांश घोषणा

इकागज |
मंसिर २०, २०७९ मंगलबार १४:५४ बजे

काठमाडौं- साना किसान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक ०७८/०७९ वर्षको मुनाफाबाट बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ ।

संस्थाकाे सोमबार बसेको सञ्चालक समितिको ४५४औं बैठकले कूल चुक्ता पुँजी एक अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७ को रहेको र सोको २६ प्रतिशतले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।


साथै, दुई करोड १४ लाख ७ हजार ७६६ रुपैयाँ कर प्रयोजनका लागि १.३६८ प्रतिशतले नगद लाभांश वितरण गर्ने भएको छ ।  

 नेपाल राष्ट्र बैंक र साना किसानको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लागू हुने गरी सेयरधनीहरूलाई वितरण हुने संस्थाले जनाएको छ ।


Author

थप समाचार
x