बैंक-वित्त

महासंघको नेतृत्वमा बैंकर्स आए पनि बैंकलाई प्राथमिकतामा राखेको छैनः चन्द्र ढकाल

इकागज |
मंसिर १३, २०७९ मगलवार २०:१० बजे

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्योग वाणिज्य महासंघको नेतृत्वमा बैंकर्स आए पनि बैंकलाई प्राथमिकतामा नराखेको बताएका छन् ।

मंगलबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघको नेतृत्वमा बैंकर आएर बैंकलाई प्राथमिकता दिएको भन्ने विषय सत्यता देखिए पनि बाहिर हल्ला आएको जस्तो नभएको बताएका हुन् । उनले महासंघको नेतृत्वमा बैंकका अध्यक्ष तथा पदाधिकारी भएकाले बैंकको पक्षमा महासंघ रहेको भन्ने हल्ला गलत भएको जिकिर गरे ।


ढकालले ३ वर्ष पहिले महासंघको चुनावमा आउँदै गर्दा चुनावी नाराको रूपमा अगाडि सारिएको विषय मात्रै भएको दाबी गरे । उनले आफू नेतृत्वमा आउनुभन्दा ३ वर्ष पहिला महासंघको नेतृत्वको विषयमा यस्तो विषय कहिल्यै नआएको बताए । उनले बैंकको सञ्चालक भएपनि बैंकबाट आउने फाइदाभन्दा उद्योग व्यवसायबाट बढी फाइदा हुने गरेको बताए । ढकालले बैंकको सञ्चालक वा अध्यक्ष हुनुभन्दा व्यावसायी वा व्यापारी हुँदा फाइदा धेरै हुने भन्दै बैंकलाई तिर्ने ब्याज, प्रिमियम समेत बढी नै तिर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले महासंघमा लागेपछि बैंक तथा वित्तीय संस्थाको फाइदा हुने गरी काम नगरेको दाबी गर्दै चुनावमा आफूले बैंक तथा वित्तिय संस्थाको सपोर्ट नगर्ने नाराको अघि सारेको उल्लेख गरे । 


Author

थप समाचार
x