बैंक-वित्त

माछापुच्छ्रे बैंकको नयाँ शाखा सिम्ले बजारमा

इकागज |
असार १७, २०७९ शुक्रवार १६:५६ बजे

काठमाडौं– माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङस्थित सिम्लेमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

बैंकले आज शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ शाखा उद्घाटन गरेको हो । १६५ औ उक्त शाखा कार्यालयको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्वप्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य  एंव  माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।


कार्यक्रममा बैंकका नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालज्यूको पनि उपस्थिति थियो । योसँगै धादिङमा मात्रै बैंकका चार शाखा सञ्चालनमा छन्  ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।


Author

थप समाचार
x