बैंक-वित्त

राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति अपेक्षाकृत हुँदैन : पूर्वगभर्नर क्षेत्री

इकागज |
असार १७, २०७९ शुक्रबार १६:४० बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति अपेक्षाकृत नहुने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति विगतको जस्तो विस्तारकारी आउनेमो शंका रहेको बताएका हुन् । उनले बैंकहरूले उद्योगको क्षमता विस्तार गर्न दिएको कर्जा आयात गर्न प्रयोग भएको जिकिर गरे ।


पूर्वगभर्नर क्षेत्रीले नेपाल राष्ट्र बैंकका गभर्नर स्वयंले हेरक फोरमहरूमा बैंकिङ ब्याजदर बढ्ने स्पष्ट रूपमा भनेकाले शंका गर्ने स्थिति रहेको स्पष्ट पारे । उनले अहिले राष्ट्र बैंकले ब्याजदरको विषयमा ट्रेजरी बिलको ब्याजदर ११ प्रतिशत पुर्‍याएर व्यवहारमा देखाएको दाबी गरे ।

क्षेत्रीले यस्तो अवस्थाले अब बैंकमा रहेको रकम समेत ट्रेजरी बिलमा जाने सम्भावना भएको भन्दै बैंकिङ निक्षेपमा समस्या यथावत रहने उल्लेख गरे । उनले सरकारले बजेट भाषणमा बैंकिङ ब्याजदर घटाउने नीति ल्याउने तर राष्ट्र बैंकका गभर्नरले ब्याजदर बढ्ने बताइसकेकाले सरकार र राष्ट्र बैंकबीचमा अन्तरविरोध रहेको बताए

पूर्वगभर्नर क्षेत्रीका अनुसार सरकारको नीतिमा जहिलेसम्म स्थिरता नभएसम्म अर्थतन्त्रमा समस्या आउने छ ।


Author

थप समाचार
x