अटो

टेक्नोलोजीको च्याम्पियन टिभिएसले ल्यायो नयाँ बर्षमा आकर्षक अफरहरु

इकागज |
चैत २१, २०७९ मगलवार १०:४३ बजे

काठमाडौँ-  नेपाली टु विलर मार्केटको टेक्नोलोजी च्याम्पियन्सका रुपमा स्थापित टिभिएसले नयाँ बर्षमा आकर्षक अफरहरु ल्याएको छ । गुणस्तर र टेक्नोलोजी फ्रेन्डली मोटरसाइल उत्पादनमा सधैँ अगाडि रहेको यस ब्राण्डले पछिल्लो समय आफना बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ताहरु माँझ निकै ठूलो प्रभाव पार्न सफल बनेको छ ।

स्मार्ट कनेक्ट, रेस ट्युन्ड फ्युल इन्जेक्सन, भिभिन्‍न राइड मोडस् र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्‍न सफल टिभिएस  बजारको लिडिङ् टेक्नोलोजी फोकस्ड ब्राण्ड हो ।


यस नयाँ बर्षको अवसरमा टिभिएसले आफ्ना हरेक बाइकको खरिदमा ८ हजारको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७ हजार स्योर सट क्यास डिस्काउन्ट, र अपाचे बाइकको खरिदमा ५ हजार मूल्य बराबरको हेल्मेट सित्तैमा दिने भएको छ ।

त्यसका साथै शून्य प्रतिशत ब्याजदरको फाइन्यान्स सुबिधा र बाइक एक्सचेन्जमा बजार मुल्य भन्दा १० हजार बढी भ्यालुएसन पनि दिने भएको छ । यो अफर देशैभर चैत्र १९बाट सुरु भएर सिमित अवधिको लागि मात्र लागु हुनेछ ।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।


Author

थप समाचार
x