अटो

नयाँ वर्ष अफर : हुन्डाईको गाडी किन्दा कति पाइन्छ छुट ?

इकागज |
चैत १४, २०७९ मंगलबार १२:३७ बजे

काठमाडौँ- लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोवाइल्सको आधिकारीक विक्रेताले नयाँ वर्षलाई मध्यनजर गर्दै 'हुन्डाईसँग नयाँ वर्ष २०८०' योजना ग्राहकहरूमाँझ ल्याएको छ । यो ग्राहकमुखी योजना चैत १३ गतेदेखि सुरु भएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले पाँच लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा दुई लाख रुपैयाँसम्मको छुट , नयाँ वर्ष बोनस ८० हजार रुपैयाँसम्म र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म जस्ता आकर्शक अफरहरू प्राप्त गर्न सक्नेछन् । यो योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन् ।


सबै हुन्डाई गाडीहरू ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुने कम्पनीले जनाएको छ ।

हुण्डाईले गएको महिना मात्रै VENUE र  NIOS फेसलिफ्ट भर्जन लञ्च गरेको थियो । उक्त स्किमबाट हुण्डाईको कुनैपनि Hatchback, Compact SUV, SUV तथा EV गाडी खरिद गरि फाईदा लिन सक्नेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुमहरू तथा १९ सर्भिस सेन्टरहरूमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै पाँच ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्ने दाबी छ । कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरी करोडौँ ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको दाबी गरेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरूको आवश्यकता र रुचीलाई ध्यानमा राखेर हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ ।


Author

थप समाचार
x