अटो

चैत ३१ मा काठमाडाैंदेखि पाेखरासम्म पोकर रन हुने

इकागज |
चैत १०, २०७९ शुक्रबार १८:३३ बजे

काठमाडाैँ । रोयल इन्फ़िल्ड कम्पनीका सबै र क्लासिकतर्फ़ ३५० सिसि क्षमताभन्दा माथिका मोटरसाइकल धनीले भाग लिन पाउने पोकर रन चैत ३१ गते हुने भएको छ ।

हरेक वर्ष चैत्र ३१ गते नेपाल पर्यटन बोर्डको प्रांगण काठमान्डौ बाट सुरु भै विभिन्न किसिमको रंग, बनावट र सजावटले सुसज्जित आ-आफ्नो  मोटरसाइकल  चढेर करिव २०० किमिको दुरी पार गर्दै त्यहि बेलुकी पोखरा पुग्ने गरिन्छ । पोखराको पाँच तारे होटल पोखरा ग्राण्डमा त्यो रातको बास, गाँस र चास (मधुशाला, पार्टी, मनोरञ्जन) को व्यावस्था गरिएको हुन्छ । यस पोकर रन नेपाल कार्यक्रममा रोयल इन्फ़िल्ड कम्पनीका सबै र क्लासिकतर्फ़ ३५० सिसि क्षमताभन्दा माथिका मोटरसाइकल धनीले भाग लिन पाउछन ।


यस कार्यक्रमको अर्को मुख्य रमाइलो पक्ष भनेको पोकर खेल हो । पोकर भन्नाले ताससंग सम्बन्धित एक किसिमको खेललाई बुझाउछ । पोकर खेलमा पाँच पत्ति तास हातमा लिएर अनेकौ दाउ बनाउन सकिन्छ । पोकर रनमा पनि प्रत्येक सहभागीलाई विभिन्न पाँच ठाउँमा एक-एक पत्ति तास तान्ने मौका प्रदान गरिन्छ ।

अन्तिममा पोखरा पुगेर उक्त पाँच पत्ति तास मिलाउदा जसको दाउ सबै भन्दा ठुलो बन्छ, त्यो नै यस कार्यक्रमको विजेता मानिन्छ र उसलाई विभिन्न कम्पनि द्वारा प्रायोजित विशेष उपहार प्रदान गरिन्छ । कार्यक्रमकै अंश अनुरुप वैशाख १ गतेका दिन पोखरा ग्राण्ड होटलको प्रांगणमा लाईभ कन्सर्ट, डिजे सेसन लगायतका कार्यक्रम गरि सहभागीलाई भरपुर मनोरञ्जन प्रदान गरिन्छ ।

यस पटकको पोकर रन नेपाल कार्यक्रममा नेपाल, भारत, अस्ट्रेलिया, न्यू जिल्याण्ड, संयुक्त अधिराज्य, क्यानडा, संयुक्त राज्य अमेरिका, फ्रान्स लगायत संसारका विभिन्न देशबाट आएका मोटरसाइकल यात्री सम्मिलित २५० को हाराहारीमा सहभागीहरु रहन्छन् । पोकर रन नेपाल सम्पुर्ण एसिया महादेशमै एक मात्रै पाँच तारे दर्जाको मोटरबाइक कार्यक्रम हो ।


Author

थप समाचार
x