अटो

सात तस्बिरमा केटीएम एडभेन्चर डे विथ २५० एडभेन्चर

इकागज |
फागुन ३, २०७९ बुधबार ११:४३ बजे

काठमाडौँ- विश्व प्रसिद्ध मोटरसाइकल निर्माता केटीएमले केटीएम एडभेन्चर डे विथ २५० एडभेन्चर पूरा भएको घोषणा गरेको छ । माघ २८ गते दक्षिणकालीको हात्तीवन रिसोर्टमा आयोजना भएको महोत्सवमा तीन सयभन्दा बढीको सहभागिता रहेको जनाएको छ । सहभागीहरूले के टी एम एडभेन्चर २५० को शक्ति र प्रदर्शन अनुभव गर्ने मौका पाएको बताए ।


सहभागीहरूले २५० एडभेन्चर बाइकको अफरोड क्षमता, शक्ति र ह्यान्डलिङको अनुभव लिन सकून् भन्‍ने उदेश्यले कार्यक्रमको ट्र्याक बनाइएको थियो । चुनौतीपूर्ण ट्र्याकले बाइकको सीमालाई धकेल्यो र बाइकरहरूको सीप पनि परीक्षण गरेको बताइएको छ ।

कडा प्रतिस्पर्धाका बाबजुद ७६ राइडरले ट्र्याक पूरा गरे र ९ राइडरलाई प्रतियोगिताको विजेता घोषणा गरिएको थियो ।

उक्त कार्यक्रमले सहभागीहरूलाई के टी एम २५० एडभेन्चर पूर्ण रूपमा अनुभव गर्न प्लेटफर्म प्रदान गरेको थियो । के टी एम सबै सहभागीहरूका लागि यस्तो अविस्मरणीय र रोमाञ्चक कार्यक्रम आयोजना गर्न पाएकोमा गर्व गरेको बताएको छ । भविष्यमा पनि यस्तै कार्यक्रमहरू आयोजना गर्न आफूहरू तत्पर रहेको जनाएको छ ।

'हामी कार्यक्रमको सफलताबाट अत्यन्तै खुसी छौँ । हाम्रा ग्राहकहरूका लागि के टी एम २५० एडभेन्चरको परीक्षण गर्न पाउनु र यसको असाधारण प्रदर्शन र क्षमताहरू हेर्न पाउनु रोमाञ्चक अनुभव थियो' के टी एम नेपालका एजीएम विजय मोक्तानले भने 'हामी सहयोगका लागि आभारी छौँ । हाम्रा ग्राहकहरू र भविष्यमा थप यस्तै अनुभवहरू प्रदान गर्न तत्पर छौँ ।'


Author

थप समाचार
x