कर्पोरेट

रियलमी ‘फ्लागशिप स्मार्टफोन’मा २४० वाटको चार्जिङ प्रविधि

इकागज |
माघ १६, २०७९ सोमबार १८:१४ बजे

काठमाडौं– रियलमीको  ‘फ्लागशिप स्मार्टफोन’मा २४० वाटको चार्जिङ सपोर्ट हुने भएको छ । उक्त प्रविधि अहिलेसम्मकै सबैभन्दा छिटो भएको दाबी गरिएको छ ।

रियलमीको उक्त फोन मोबाइल उद्योगमै सबैभन्दा बढी पावरको चार्जिङ टेक्नोलोजी प्रदान गर्ने स्मार्टफोन ब्रान्ड हुने भएको विश्वास लिइएको छ ।


रियलमीका वितरकहरूले ‘कटिङ एज चार्जिङ सोलुसन’ युक्त नयाँँ प्रविधिले फोनलाई सुरक्षित र छरितो तरिकाले चार्ज गर्ने र उपभोक्ताहरूलाई राम्रो अनुभव प्रदान गर्ने विश्वास गरेको बताउँछन् । 

९८.७% को अत्यधिक उच्च पावर कन्भर्सन रेट भएको यस २४० वाटको इनोभेटिभ चार्जिङ आर्किटेक्चरले ‘लो भोल्टेज’मा नै सुरक्षित तरिकाले चार्ज गर्न सकिने जानकारी प्राप्त भएको छ । 


Author

थप समाचार
x