कला

‘२ नम्बरी’मा पल शाहको ठाउँमा सौगात मल्ल !

२-नम्बरीमा-पल-शाहको-ठाउ

इकागज |
फागुन २४, २०७८ मगलवार १८:७ बजे

काठमाडौँ- महामारीको कारण रोकिएको फिल्म ‘२ं नम्बरी’ चैतको पहिलो साताबाट फ्लोरमा जाने तयारीमा छ । पहिलो लकडाउनका कारण सुटिंग हुँदाुहँदै यो फिल्म हप्ता दिन सुटिंग भएर रोकिएको थियो । अब भने यो फिल्म फ्लोरमा जाने तयारीमा छ । केही दिनअघि निर्देशक दीपेन्द्र लामा र निर्माता किरण नेपालीले पोखरा वरपर लोकेसन पनि हेरेर फर्कि सकेका छन् ।

मंगलबार यो फिल्मको सुटिंगका लागि भुटानी अभिनेत्री पनि नेपाल आइसकेकी छिन् । तर यो फिल्मका दुई मध्ये एक जना अभिनेता भने प्रहरी हिरासतमा छन् । नाबालिग गायिकाले यो फिल्मका एक नायक पल शाहलाई बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि भन्दै प्रहरीले उनलाई थुनामा राखेको छ ।

यही समयमा भुटानी अभिनेत्री नेपाल फर्किएपछि फिल्मको सुटिंग सुरु हुन लागेको पक्का भएको छ । तर निर्माण टिमले पल शाहको ठाउँमा कसलाई लिएर सुटिंग गर्न लागेको हो जानकारी गराएको छैन । तर इकागजलाई प्राप्त सूचना अनुसार निर्माण टिमले पलको ठाउँमा सौगात मल्ललाई लिएर सुटिंग अगाडि बढाउने योजना बनाएको छ ।

यसका लागि निर्देशक दीपेन्द्र लामाले सौगातसँग एक चरण कुरा पनि गरिसकेका छन् । सौगात फिल्म गर्न सकारात्मक भए पनि औपचारिक सम्झौता भने हुन बाँकी रहेको स्रोत बताउँछ ।यता दयाहाङ राईको पनि नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को सुटिंग सकिएको छैन । यो फिल्मको अहिले धरानमा सुटिंग भइरहेको छ ।



Author

थप समाचार
x