कला

भएकै हो त पूजा र आकाशको ‘प्याचअप’ ?

इकागज |
फागुन २३, २०७७ आइतबार १२:२३ बजे

काठमाडौं :  पूजा शर्मा र आकाश श्रेष्ठको मित्रताको खबर कुनै नयाँ चिज होइन । ‘राम कहानी’बाट सुरु भएको यो मित्रता यति गाढा छ कि दुवैलाई सार्वजनिक जीवनमा एक्लै देख्न मुस्किल पर्छ । तर एक महिनायता दुवैको बीचमा खटपट चलिरहेका खबर नआएका होइनन् ।

खासगरी आकाश श्रेष्ठ ‘हिँड्दा हिँडदै’को सुटिङमा व्यस्त भएपछि दुवैबीच खटपट सुरु भएको बताइन्छ । यही फिल्मको सुटिङ चलिरहेको समयमा नै आकाशले पूजासँग आफ्नो ब्रेकअप भएको बताएका थिए । तर, केही समयपछि नै दुवै पूर्ववत सम्बन्धमा फर्किएका थिए । 


आकाश र पूजा अलग भएको खबर दोस्रो पटक फैलियो जब नरेश भट्टराईको कार्यक्रम ‘मेरो एउटा साथी छ’मा पूजा र आकाश खुलेर बोलेनन् । त्यो कार्यक्रम भरि पूजाले आकाशलाई राम्ररी हेर्दा पनि हेरेकी थिइनन् ।

जब यो कार्यक्रम युट्युबमा आयो, पूजा आकाशका फ्यान पूजासँग रिसाए । कमेन्टभरी फ्यानले पूजा र आकाशलाई विवाह गर्न दबाब दिएका थिए ।  तर, जब पूजाले सबले आफूलाई गाली गरेको देखिन्, उनले फेसबुकमा लामो स्ट्याटस लेख्दै कलाकारिता गर्ने क्रममा धेरै कलाकारसँग जोडी बाँधिने र रुचाइन गरे पनि त्यो सम्बन्ध व्यवसायिक मात्र हुने उनको धारणा थियो ।

उनले जे गरे पनि फिल्म क्षेत्रलाई साक्षी राख्ने बताएकी थिइन् । उनको स्ट्याटसमा उनले सिधा सिधा फ्यानलाई अनावश्यक दबाब नदिन संकेत गरेकी थिइन् । पूजाको यो स्ट्याटसले आकाश र पूजाबीचको सम्बन्ध राम्ररी नै भत्किएको अनुमान गरिएको थियो ।

अझ त्यही कार्यक्रमको सुटिङमा पनि आकाश र पूजा आआफ्नै तरिकाले आएको स्रोत बताउँछ । स्रोतका अनुसार सुटिङ सकेपछि पनि पूजा आकाशको घर पुर्याइदिने प्रस्ताव लत्याएर एक्लै गएकी थिइन् । 

तर, शनिबार फरक दृश्य देखियो । बत्तिसपुतलीमा भएको एउटा म्युजिक भिडियोको मनोनयन कार्यक्रममा आकाश र पूजासँगै मात्र गएनन् , मिडियासँग पूजाले आकाशले रिस उठाएको पोल पनि खोलिन् । छेऊमा रहेका आकाशले मिल्ने साथीबीच कहिलकाहिँ झगडा हुने बताए । 

शनिबारको दृश्य हेर्दा पूजा र आकाशबीच फेरि ‘प्याचअप’ भएको देखिन्छ । दुवैको प्याच अप भएर ठीकै भो नत्र त फ्यान र युट्युबरको बिचल्ली नै हुन्थ्यो । 


Author

थप समाचार
x