कला

नीतालाई भेट्न भारत पुगे हरिहर, वैशाखमा विवाहको तयारी !

इकागज |
फागुन १६, २०७७ आइतवार ११:१९ बजे

काठमाडौं :  अभिनेत्री नीता ढुंगाना र ज्योतिष अभिनेता हरिहर अधिकारीबीचको अफेयर अब कुनै अनुमानको विषय रहेन । नीता ढुंगानाले भ्यालेन्टाइनको दिन हरिहरलाई जन्मदिनको शुभकामना दिएपछि  दुवैको अफेयरको खबरले औपचारिकता पाएको छ । किनकि हरिहरको जन्मदिन फागुनमा हैन चैतमा पर्छ ।

नीताले भ्यालेन्टाइनका दिन हरिहरलाई जन्मदिनको शुभकामना दिएर हरिहर र आफ्नो प्रेम सकारेकी हुन् । नीताले भ्यालेन्टाइनको यो संकेतलाई दरिलो बनाएका छन् हरिहरले । यतिबेला नीता भोजपुरी फिल्मको सुटिङको सिलसिलामा आगरामा छिन् ।


‘माही’ नामको यो फिल्मको सुटिङ आगरा वरपरका लोकेसनमा भइरहेको छ । तर, फिल्ममा प्रेमी प्रेमिका एक अर्कालाई भेट्न आतुर भए झैं नीता र हरिहरलाई पनि एक डेढ महिनाको समय काट्न यति कठिन भयो कि नीतालाई पछ्याउँदै हरिहर यतिबेला भारत पुगेका छन् । यसको पनि पुष्टि नीता स्वयंले गरेकी छिन् ताजमहललाई पृष्ठभूमिमा राखेको खिचेको फोटो राखेर । फोटोमा उनले लेखेकी छिन्, ‘तिमी आयौ बहार आयो ।’  

इकागजलाई प्राप्त सूचना अनुसार हरिहर यतिबेला दिल्लीमा छन्, आगराबाट सालाखाला २ सय १२ किलोमिटर टाढा । रेलमा साढे तीन घन्टा । गाडीमा ५ घन्टा । हरिहरले त्यहाँ भेटिने नेपालीलाई आफू संस्कार टेलिभिजनमा ज्योतिषीय कार्यक्रम चलाउने सिलसिलामा दिल्ली आएको बताउने गरेका छन् । तर, हरिहरले लगाएकै चश्मा लगाएर नीताले फोटो पोस्ट गरेपछि हरिहर ज्योतिषको के कसो हो प्रेमको कार्यक्रम चैं पक्कै चलाउन आएका हुन् भन्ने पुष्टि गर्छ । त्यसमाथि नीताको ‘बहारवाला’ क्याप्सन ।

सूत्र भन्छ, नीता र हरिहर मायाको सिरियस मोडमा छन् र चाँडै विवाह गर्ने तयारी गरिरहेका छन् । ‘वैशाखमा विवाह गर्ने कुरा पनि सुनेको थिएँ । कति पक्का हो त्यो चैं थाहा छैन,’ स्रोतले इकागजसँग भन्यो । 

हरिहर र नीताको चिनजान पुरानो भए पनि गत सालको कात्तिकमा वीरगन्जमा भएको ‘स्वर्णीम फिल्म महोत्सव’यता दुवैको मित्रता  गाढा भएको थियो । यतिबेला हरिहर र नीताले सँगै नृत्य गर्नुका साथ अधिकांश समय साथ बिताएका थिए । वीरगन्जबाट फर्कंदा पनि नीता हरिहरकै गाडीमा काठमाडौं फर्किएकी थिइन् । 


Author

थप समाचार
x