कला

म्युजिक भिडियोमा झैं फिल्ममा किन छैन आँचलको माग ?

इकागज |
फागुन ७, २०७७ शुक्रबार १५:२० बजे

तस्बिर : आँचलको फेसबुक

काठमाडौं : म्युजिक भिडियो बनाउनु पर्यो भने निर्देशकको पहिलो रोजाईकी मोडल हुन् आँचल शर्मा । बजारमा सार्वजनिक भिडियो हेर्दा यही देखिन्छ । भिडियोमा कि पल शाह देखिन्छन् कि आँचल शर्मा । 

जहाँसम्म आँचलको भिडियोमा जुन हिसाबले लक लागेको छ त्यही लक फिल्ममा भने देखिन्न । पल शाहसँग जोडी हुँदासम्म उनले पलसँगै केही फिल्म गरेकी थिइन् तर पलसँग छुटेर उदिपसँग विवाह गरेपछि उनले नयाँ फिल्म साइन गरेको खबर छैन । विवाह अघि काम सकेको ‘झिंगेदाउ’ मात्र उनको हातमा रहेको फिल्म हो । 


सँगैका समकालीन अभिनेत्री यतिबेला छानी छानी फिल्म साइन गरिरहेका छन् । स्वस्तिमा खड्कासँग एक वर्षलाई समय छैन । वर्षा राउतको हातमा पनि फिल्मको कमी छैन । वर्षा ‘२ नम्बरी’को सुटिङ सके लगत्तै ‘के घर के डेरा’मा व्यस्त हुनेछन् भने ‘नाइँ नभन्नू ल’को छैटौं संस्करणका लागि निर्माण टिमले उनीसँग एक चरण कुरा गरिसकेको छ ।

वर्षा सिवाकोटी पनि दुई तीन फिल्म साइन गरेर बसेकी छिन् । तर, फिल्म छैनन् त आँचलका ।  आँचलले मिलन चाम्सलाई लिएर फिल्म बनाउन लागेका खबर पनि छुस्स आएको थियो । तर, त्यो म्युजिक भिडियो खेलेको बेलाको समाचार हो । मिलन चाम्सले निर्देशन गरेको भिडियोमा आँचलले खेलेकी थिइन् ।

अनि मिलन चाम्स नबनाए पनि फिल्म बनाउने घोषणा गरिरहने निर्देशक हुन् । आँचलले उनलाई लिएर फिल्म बनाउने घोषणा पनि, यस्तै कुराको निरन्तरता मात्र हो भनी बुझ्ने मान्छेको कमी छैन । आँचलले करिअरको सुरुवात नै पल शाहसँगको जुगलबन्दीबाट सुरु भयो । जति फिल्म खेलिन् पलसँगै गरिन् ।

पललाई छाडेर बीचमा उनले आकाश श्रेष्ठसँग ‘ब्ल्याक’खेलेकी थिइन् तर यो फिल्म बजारमा चलेन । योबाहेक आँचलले दर्शक तथा निर्माता÷निर्देशकलाई प्रभावित गर्नेगरि अभिनय कौशल पनि देखाउन सकेकी छैनन् । यही कारण पनि आँचल फिल्मका लागि धेरैको नजरमा परेकी छैनन् । 


Author

थप समाचार
x