कला

फापेन साम्राज्ञीलाई प्रेम, देवांशसँग पनि ब्रेकअप !

इकागज |
पुस १६, २०७७ बिहीबार १०:५५ बजे

काठमाडौं : अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह र देवांश राणाबीच ब्रेकअप भएको खबर छ ।  साम्राज्ञी निकट स्रोतका अनुसार दुई वर्षयता प्रेम सम्बन्धमा रहेका जोडी हालसालै अलग अलग भएको छ । ब्रेकअपको हल्लालाई साम्राज्ञीको सामाजिक सञ्‍जालका गतिविधीले पनि पुष्टि गर्छन् ।

दुई तीन महिनायता साम्राज्ञीको सामाजिक सञ्‍जालमा देवांशको उपस्थिति शून्य छ । खासगरी साम्राज्ञीको इन्स्टाग्राम स्टोरीमा देवांश झुल्किरहन्थे । तर, आजभोलि देवांश त्यता देखिएका छैनन् । त्योबाहेक साम्राज्ञीले  सामाजिक सञ्‍जालमा रहेका देवांशसँगको फोटो पनि हटाएकी छिन् । केही समयअघिसम्म साम्राज्ञीको ग्यालरीमा देवांशको फोटोको राम्रै कलेक्सन थियो । अब त्यहाँ देवांश मुस्किलले देखिन्छन् ।


केही समयअघि साम्राज्ञीको आमाले गाएको एउटा गीत रिलिज भएको थियो । त्यो गीतमा देवांश र साम्राज्ञीले अभिनय गरेका थिए । तर, देवांश त्यो भिडियोको प्रमोसनबाट गायब थिए । यी सब कारणले पनि साम्राज्ञी र देवांशको सम्बन्ध सकिएको अनुमान गर्नलाई बल पुगेको छ ।

मयंक खड्कासँगको सम्बन्ध तोडेर देवांशसँग सम्बन्ध बढाएकी साम्राज्ञीले देवांशसँग विवाह गर्न लागेको गाइँगुइँसमेत चल्न थालेको थियो । तर, सम्बन्ध विवाहको चरणमा पुग्‍नु अगावै भत्किएको खबर छ ।

बालीमा अन्तरंग तस्बिर सार्वजनिक भएपछि साम्राज्ञी र देवांशको सम्बन्ध एकान दोकान हुँदै मैदान भएको थियो । ‘ड्रिम्स’बाट नेपाली फिल्ममा प्रवेश गरेकी साम्राज्ञीले आधा दर्जन बढी फिल्ममा अभिनय गरेकी छिन् । उनको अभिनय रहने ‘रेड वाइन’को केही दिनपछि नै सुटिङ सुरु हुँदैछ । 


Author

थप समाचार
x