कला

गायक संगमले ल्याए 'तिमी मुस्कुराउँदा'

इकागज |
असोज १९, २०७८ मंगलबार १७:४० बजे

काठमाडौँ- गायक संगम थपलियाले तिमी मुस्कुराउँदा नामक म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

शिबराम थपलियाले निर्माता रहेको यस गीतमा किशोर बिश्वकर्माको शब्द तथा संगीत रहेको  छ । भिडियोमा गरिमा शर्मा र सुरज थपलियाले अभिनय गरेका छन् । सन्जीब बराइली एरेन्जर तथा सीता राई कोरियोग्राफर रहेको गीतको म्युजिक भिडियोको निर्देशन भने रमेश थापाले गरेका हुन । नेपालको विभिन्न रमणीय स्थानमा छायाकंन गरिएको यस भिडियो फोर के क्वालिटीमा हेर्न सकिन्छ । 


गीत ओएसआर डिजिटल युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।

 


Author

थप समाचार
x