कला

सुदर्शनको टीकाटालो छाडेर पूजा किन सुटिङमा ?

इकागज |
भदौ २१, २०७८ सोमवार १५:२७ बजे

काठमाडौँ :  जन्मदिनको अवसर पारेर सुदर्शन थापाले अचानक मोडल तथा समाचार वाचिका सुप्रिया कटवालसँग टीकाटालो गरे । टीकाटालो सम्पन्न भए लगत्तै सुदर्शन र सुप्रियाका फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । 

काठमाडौंको ¥याडिसन होटलमा भएको समारोहमा फिल्म क्षेत्रबाट राज कटुवाल र वर्षा सिवाकोटी मात्र सहभागी थिए । टीकाटालोमा दुवैको परिवारका सदस्यलाई मात्र आमन्त्रण गरिएको सूचना छ ।


र यो समारोहमा पूजा शर्मा भने उपस्थित थिइनन् जबकि केही समयअघिसम्म पूजा सुदर्शनको सबैभन्दा नजिकको साथी थिइन् । दुवैले जोडीको रुपमा गसिप कोलममा वर्षौंसम्म स्थान पाउँदै आएका थिए ।सुदर्शनको टीकाटालो चलिरहँदा पूजा शर्मा भने अर्जुन पोखरेलको संगीतमा बन्न लागेको भिडियोको सुटिङ गरिरहेकी थिइन् । 

आखिर किन पूजा शर्मा सुदर्शनको निम्तालु सूचीमा थिइनन् ? कि पूजाले निम्ता पाएर पनि नजाने निर्णय गरेकी हुन् ? कतै पूजालाई ‘कसरी हेरुँ खै मन परेको मान्छेले अर्कैलाई सिन्दुर हालेको’ भने जस्तो भएको त होइन ? इकागजको यही प्रश्नमा पूजाले आजै आफ्नो सुटिङ परेकाले नगएको बताइन् ।

‘ पहिला त मेरो सुटिङ छ आज । दोस्रो समारोहमा परिवारको मान्छे मात्र बोलाउने भन्ने कुरा थियो । त्यही भएर पनि मलाई नदेख्नु भएको हो,’उनले भने । 
सुदर्शन र पूजाले निर्देशक र अभिनेत्रीको रुपमा मात्र काम गरेका छैनन्, पछिल्ला केही वर्षमा फिल्मका साझेदार पनि हुन् । अलि अगाडिसम्म त दुवैले एउटै गाडी पालोपालो चढ्थे । पूजाको नाम आकाश श्रेष्ठसँग जोडिएर छुट्दासम्म पनि दुवैबीच मनमुटावको खबर आएको थिएन ।

पूजा टीकाटालोमा नदेखिँदा दुवैबीचको सम्बन्धलाई लिएर पनि मनमुटावको कुरालाई लिएर अड्कलबाजी सुरु भएका छन् । तर, पूजाले आफू सुदर्शनको शुभचिन्तक भएकाले यो समारोहमा नगएको कुरालाई लिएर अड्कलबाजी गर्न जरुरी नभएको बताइन् ।


Author

थप समाचार
x