कला

महानायकलाई भ्युज पाउनै सकस

इकागज |
मंसिर १५, २०७७ सोमबार १४:१६ बजे

काठमाडौं :  दीपाश्री निरौलाले राजेश हमालले नाम अनुरुप महामारीको समयमा फिल्म क्षेत्रका लागि भूमिका निर्वाह नगरेको टिप्पणी के गरेकी थिइन्, सारा देश उल्टिएर दीपाश्रीलाई गाली गर्यो । दीपाले एक चोटी हैन दशचोटि माफी मागिन् । तर, यतिमा पनि राजेश हमालका फ्यानले चित्त बुझाएका छैनन् । दीपाले केही बोल्नै हुन्न, खोइरो खन्न सुरु गरिहाल्छन् ।

यति भएपछि धेरैलाई लागेको हमाललाई फिल्म वा म्युजिक भिडियो खेलाउन पाइयो भने मालामाल भइन्छ । यही लोभले हमाललाई फिल्म खेलाउने जाने निर्माताको राम्रै लाइन छ । तर, यता म्युजिक भिडियोमा पनि उनलाई लिने बोलकबोल राम्रै छ । यसैको असर होला हमाल आएदिन पपदेखि लोकदोहोरी गीतसम्ममा सकि नसकी नाचिरहेका देखिन्छन् । तर, उनले खेलेका भिडियोका भ्युज गन्ने हो भने चाहिँ दुःख लाग्दो तस्बिर देखिन्छ । उनले खेलेका भिडियो ट्रेन्डिङमा पर्नु त परेको कुरा एक लाख कटाउन पनि धौधौ परेको देखिन्छ । 


हालसालै हमाल ‘सल्लैको धूप राम्रो’ बोलको गीतमा देखिएका थिए । गीत थियो लोकदोहोरीकै स्टार विष्णु माझीको अनि अभिनय गर्दै थिए राजेश हमाल र दुर्गेश थापा । तर, दर्शकले रुचाएको भए पो । तीन दिन अघि सार्वजनिक गीतले ३ लाख पनि भ्युज पाएको छैन । महानायकको कन्त विजोग कस्तो छ भने जेजति भ्युछ त्यो पनि हमालको आफ्नै पेजबाट स्पोन्सर्ड गरेरवापत । हमाललाई महानायक मान्ने न फिल्म रिलिज हुँदा फिल्म हेर्न आइदिन्छन् न म्युजिक भिडियो खेल्दा भिडियो हेरिदिन्छन् । खाली सामाजिक सञ्जालमा मात्र कुर्लेर त हमाललाई कसरी बचाउलान् ?


Author

थप समाचार
x