कला

मञ्जु गौतम र गंगाराम घिमिरेको नयाँ गीत ‘सुन्तली’ सार्वजनिक

इकागज |
माघ ६, २०८१ आइतबार १५:३७ बजे

काठमाडौँ - गायिका मञ्जु गौतम र गायक गंगाराम घिमिरेको नयाँ गीत ‘सुन्तली’ सार्वजनिक भएको छ।

जिआरजी डिभिजटलबाट सार्वजनिक भएको गीतमा राज दंगालको शब्द छ भने संगीत केदार दंगालको रहेको छ। गीतमा एरेन्ज मदन सुफिक्स र मिक्सिङ/मास्टरिङ गोविन्द सोनीको रहेको छ।


गीतको भिडियोलाई सनिश तिमिल्सिनाले निर्देशन गरेका छन्। सन्तोष तिमिल्सिनाले खिचेको गीतको भिडियोमा गंगाराम घिमिरे र अनुराधा बस्ताकोटी फिचर्ड छन्।


Author

थप समाचार
x