कला

के सबिनसँग विवाह गर्दैछिन् वर्षा ?

इकागज |
मंसिर १२, २०७७ शुक्रवार १०:१७ बजे

काठमाडौं : दसैं लगत्तै  अमेरिका उडेकी वर्षा सिवाकोटी, यो महामारीमा किन गइन् होला भन्ने धेरैलाई उत्सुकता थियो । किनकि अमेरिका उड्ने कलाकारको एउटै काम हुन्छ कार्यक्रम । तर, यो महामारीमा कसले कार्यक्रम गर्ने ? अन्ततः वर्षाले आफैं यसको जवाफ दिएकी छिन् । अमेरिकाको टेक्सासमा बस्ने प्रेमी सबिनजंग थापा भेट्न अमेरिका उडेको गाइँगुइँलाई उनी आफैंले पुष्टि गरिदिएकी छिन् ।

अमेरिकीले धुमधामका साथ मनाउने ‘थ्यांक्स गिभिङ’को पूर्व सन्ध्यामा उनले सबिनसँगको फोटो पोस्ट गर्दै आफ्नो रिलेसनसिप स्ट्याटस पनि स्पष्ट पारेकी छिन् । गत दसैँयता वर्षा र सबिन अफेयरमा रहेको चर्चा थियो । गतसाल पनि वर्षा दसैं मनाएलगत्तै अमेरिका उडेकी थिइन् र त्यहाँ सबिनसँग समय बिताएर तिहारको मुखमा नेपाल फर्किएकी थिइन् । वर्षाले शुक्रबार बिहानै युगल फोटो पोस्ट गर्दै सांकेतिक रुपमा विवाह गर्ने संकेत दिएकी छिन् । ‘केही समयदेखि बाधा र अप्ठेरोको यात्रामा एक्लै थिएँ । समय आएको छ कि यो यात्रालाई सँगै अगाडि बढाउने जुन यात्रा साहसिक र उत्साहप्रद होस्,’ उनले लेखेकी छिन् । 


स्रोतका अनुसार वर्षा अहिले अमेरिकामा रहेका सबिनका आफन्तसँग पनि भेटघाट गरिरहेकी छिन् । वर्षा र सबिनको प्रेम भर्चुअल माध्यमबाट एक वर्षअघि सुरु भएको थियो । त्यसयता इन्स्टा स्टोरीमा बारम्बार उनीहरूले आफ्नो प्रेम प्रदर्शन गर्ने गरेका थिए । अमेरिका पुगेपछि दिनहुँ वर्षाले ग्ल्यामर फोटो पोस्ट गर्ने गरेकी छिन् ।  वर्षाको नाम यसअघि मोडल तथा अभिनेता निराजन प्रधान र निर्देशक मिलन चाम्ससँग पनि जोडिने गरेको थियो ।   


Author

थप समाचार
x