कला

‘हेर्ने कथा’ले निर्माण गरेको डकुमेन्ट्री देखाउँदै ‘किम्फ फेस्टिभल’ सुरु हुने

इकागज |
मंसिर १५, २०७९ बिहीबार १६:६ बजे

काठमाडौं– काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल ‘किम्फ’ को २० औँ संस्करण ‘हेर्ने कथा टिम’ले निर्माण गरेको डकुमेन्ट्री देखाउँदै सुरु हुने भएको छ । ‘बाघको बंगारा’ शीर्षकको उक्त डकुमेन्ट्री मह काढ्ने व्यक्तिको साहसिक यात्रामाथि आधारित छ । 

उक्त समूहले डकुमेन्ट्री बुधबार काठमाडौंमा पत्रकार सम्मेलनबीच देखाएको थियो । निर्माता विद्या चापागाईंले डकुमेन्ट्रीमा आफूहरूले मह काढ्ने कथा मात्र नभएर त्यहाँसम्म पुग्न उनीहरूले गर्ने संघर्षपूर्ण यात्रालाई पनि समेटेको बताइन् । चापागाईंले अहिलेसम्म मह काढ्ने व्यक्तिमाथि थुप्रै डकुमेन्ट्री बने पनि उनीहरूको साहसिक यात्राबारे बिरलै देखाइने गरेको उल्लेख गरिन् । 


राजधानीको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा चल्ने महोत्सवको यसपटकको मूल नारा ‘सस्टेनेबल समिट्स’ रहेको छ । जलवायु परिवर्तन र वातावरणीय संकटले हिमाल आरोहणमा ल्याएको चुनौतीलाई लक्षित गरी नारा बनाइएकाे आयोजकले जनाएको छ । 

फिल्म फेस्टिभल मंसिर २२ देखि २६ गतेसम्म चल्नेछ ।


Author

थप समाचार
x